विश्वकप यात्रामा महिला क्रिकेट टिम

काठमाडौं : नेपाली राष्ट्रिय महिला टिमको विश्वकप यात्राको पहिलो अभियान सुरु हुने तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी–२० विश्वकप २०२३ को एसिया छनोट अन्तर्गत समूह ‘बी’ को खेल तालिकाको मिति सार्वजानिक गरेसँगै नेपाली महिला टिमको विश्वकप यात्रा तय हुन लागेको हो।

आईसीसीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण एसिया छनोट सेप्टेम्बरबाट सारेर नोभेम्बरका लागि तय गरेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ मिति अनुसार छनोट खेल आगामी २२ देखि २८ नोभेम्बरसम्म मलेसियामा आयोजना हुनेछ।

यस अघि छनोट खेल २० देखि २६ सेप्टेम्बरसम्म हुने कार्यतालिका रहेको छ। छनोट प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएईले प्रतिस्पर्धा गर्ने छन्।

छनोट खेलको शिर्ष स्थानमा रहने टिमले अर्को वर्ष आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। यस संस्करणको महिला टी–२० विश्वकप २०२३ मा दक्षिण अफ्रिकामा हुने कार्यतालिका रहेको छ। आठौं संस्करणको विश्वकपमा १० राष्ट्रको सहभागिता रहने छ। प्रतियोगिता फेब्रुअरी ९ देखि २६ सम्म आयोजना हुनेछ।

विश्वकप यात्रामा महिला क्रिकेट टिम

रास्कोट रंगशाला : माटो फाल्नै एक करोड

विश्वकप यात्रामा महिला क्रिकेट टिम

व्यथा लागेको २७ सेकेण्डमा बच्चा जन्माएर विश्वरेकर्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *