सरकारप्रति सन्तुष्टि : चीनमा ८५ प्रतिशत, अमेरिकामा ३५ प्रतिशत !

एजेन्सी । स्पेनको चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटले ८५ प्रतिशत चिनियाँहरू आफ्नो सरकारप्रति सन्तुष्ट रहेको तथ्यांक सार्वजनिक गरेको छ।

चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान् नेतृत्वप्रति सकारात्मक रहेको बताइएको छ ।

पश्चिमी मुलुकहरूले चीनलाई बदनाम बनाउने उद्देश्य बोकेको दावी गर्दै उनले आफ्नो स्वार्थलाई संरक्षण गर्न पश्चिमा मुलुकहरूले गरेको प्रचारप्रसारलाई चिनियाँ परिवेशमा नरुचाइने गरेको उल्लेख छ ।

जिुलियो रियोसले चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटलाई उद्धृत गर्दै बिहीबार प्रकाशित लेखमा ८५ प्रतिशत चिनियाँहरू आफ्नो सरकारप्रति सन्तुष्टि व्यक्त गरेका बताए ।

रियोसका अनुसार ३५ प्रतिशत अमेरिकीहरू मात्रै अमेरिकी सरकारप्रति सन्तुष्ट छन्। तर, चीनको सार्वजनिक जनमत सरकारद्वारा निरन्तर रुपमा जनताको जीवनलाई सुधार गरिरहेको आधारमा जन्मिएको छ।

सरकारप्रति सन्तुष्टि : चीनमा ८५ प्रतिशत, अमेरिकामा ३५ प्रतिशत !

‘इरान आणविक सम्झौता’मा अमेरिका पुन: फर्कने संकेत

Leave a comment

Your email address will not be published. Required fields are marked *