देशभर मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

 काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीवार साँझ देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक( दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


शुक्रवार भने देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक( दुई स्थानहरूमा र बाँकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

देशभर मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

 नदीमा पिण्ड सेलाउन जाँदा वेपत्ता भएका पुरुषको

देशभर मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

सुर्खेतकाे मोडेल कलेजमा शिक्षण पद्धति कार्यशाला शुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *