भ्रामक समाचार प्रकाशन गर्ने मिडियालाई कारबाहीको माग

सुर्खेत । दैलेखको नौमूले गाउँपालिकाले भ्रामक समाचार प्रकाशन गर्ने मिडियालाई कारबाहीको माग गरेको छ । केही अनलाइन संचार माध्यममा गाउँपालिकाका अध्यक्ष भदे बुढामगर विरुद्ध भ्रामक समाचार सम्प्रेसण गरेको भन्दै कारबाहीको माग गरेको हो ।

अध्यक्ष बुढामगर सँगै सिङ्गो गाउँपालिकाको समेत बदनाम हँने गरी रङ्गदर्पण नामक एक अनलाइनले भ्रामक समाचार प्रकाशन गरेपछि साउन २२ गते बसेको कार्यपालिका बैैठकले उक्त समाचार प्रति आपत्ती जनाउँदै कानुनी उपचारका लागि अगाडि बढ्ने निणर्य समेत गरेको छ ।

उक्त अनलाइनले यहि साउन २१ गते नौमूले गाउँपालिकाका अध्यक्षलाई आधारहिन मानहानी र व्यक्तिगत आँच आउने गरी समाचार प्रकाशन गरेको भन्दै उक्त समाचारले नौमूले गाउँपालिकाको सिङ्गो नेतृत्वलाई नै आँच आएको र मानहानी भएकाले समाचारप्रति कार्यपालिकाले घोर आपत्ती जनाएको छ ।

साथै रंगदर्पण नामक अनलाइन र उक्त अनलाइनमा समाचार लेख्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निणर्य समेत गरेको गाउँपालिकाका प्रवक्ता गगनबहादुर रोका मगरले बताए ।

प्रवक्ता रोकाले सम्बन्धित व्यक्ति तथा निकायसँग कुराकानी नगरी एकतर्फि रुपमा समाचार सम्प्रेसण गर्दा आम नागरिकमा नकारात्मक सन्देश जाने र जनप्रतिनिधीको चरित्र हत्या हुने देखिएकोले कानुनी उपचारमा जाने निणर्य गरिएको बताए । गाउँपालिकाले साउन २२ गते प्रेस विज्ञप्ती जारी गर्दै समाचारको विषयमा घोर निन्दा गरेको छ ।

उक्त समाचारको विषयलाई लिएर गाउँपालिकाले कानुनी उपचारका लागी आवशयक सहयोग गर्न नेपाल पत्रकार महासंघ दैलेख शाखालाई अनुरोध समेत गरेको छ । साथै कानुनी उपचारका लागी साउन २३ गते जिल्ला अदालत दैलेखमा मुद्धा दायरका लागी जिल्ला प्रहरी कार्यालय दैलेखसँग कानुनी प्रक्रियाका विषयमा आवश्यक राय सुझाव लिइने गाउँपालिका अध्यक्ष मगरले जानकारी दिए ।

 

भ्रामक समाचार प्रकाशन गर्ने मिडियालाई कारबाहीको माग

संकटको सारथी बन्दै ‘कर्णाली स्वयम्सेवक दल’

भ्रामक समाचार प्रकाशन गर्ने मिडियालाई कारबाहीको माग

दैलेखमा भैंसी किन्ने बाहाना चाेर आए, बेहोस

Leave a comment

Your email address will not be published. Required fields are marked *