दैलेखमा भैंसी किन्ने बाहाना चाेर आए, बेहोस बनाएर लुटेर भागे

दैलेख । जिल्लाको भैरवी गाउँपालिका-१ रावतकोमा भैँसी किन्ने बहाना आएका तीन जना अज्ञात व्यक्तिहरूले लुटपाट गरेका छन्।
बिहीबार राति भैँसी किन्ने बहानामा आएका तीन जना अज्ञात व्यक्तिहरूले गाउँपालिका–१ रावतकोट बस्ने सेते खत्रीको घरमा आई नाम नखुलेको औषधि खुवाई लुटपाट गरेका दैलेख प्रहरीले जनाएको छ।
सेतेकी श्रीमती ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री बेहोस भएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए।
उनीहरूलाई उपचारका लागि दैलेख अस्पताल ल्याएकोमा थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए।
भैंसी खरिद गर्न भनी आएका अज्ञात व्यक्तिहरूले औषधि खुवाई बेहोस बनाएका सेतेको परिवार
उनीहरूलाई कुन औषधि खुवाएर बेहोस बनाइएको हो भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ। सेतेको परिवार उपचारपछि फर्किएपछि मात्र के–कति सामग्री लुटिएको छ भन्नेबारे खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए।
प्रहरीका अनुसार औषधि खुवाई लुटपाट गर्ने तीन जनाको अज्ञात व्यक्तिहरूको खोजी कार्य भइरहेको जनाएको छ। स्थानीयले विभिन्न बहानामा लुटपाट गर्ने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गरेका छन्।
दैलेखमा भैंसी किन्ने बाहाना चाेर आए, बेहोस बनाएर लुटेर भागे

भ्रामक समाचार प्रकाशन गर्ने मिडियालाई कारबाहीको माग

दैलेखमा भैंसी किन्ने बाहाना चाेर आए, बेहोस बनाएर लुटेर भागे

YUGAAWHAN NATIONAL DAILY (2078-04-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *