अन्तरिम संसददेखि मन्त्रीसम्म, दिनबन्धु श्रेष्ठ

सुर्खेत । २०३६ सालदेखि राजनीतिमा होमिएका भएपनि दिनबन्धु श्रेष्ठले २०५४ सालदेखि सक्रिय राजनीति सुरु गरेका थिए । बुवा भिमप्रसाद श्रेष्ठको निधनपछि उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएका हुन ।

उनका बुवा प्रतिबन्धीत समयदेखिनै राजनीतिमा थिए । बुवाको सहयोगीको भूमिकामा श्रेष्ठ सधैं रहे । श्रेष्ठका बुवा प्रतिवन्धिकालमा पनि पार्टीको केन्द्रीय सदस्य थिए । २०५४ सालमा श्रेष्ठका बुवा भिमप्रसाद श्रेष्ठ राष्ट्रियसभा सांसद समेत भए । त्यसपछि उनको काठमाडौंमा उपचारको क्रममा निधन भयो ।

बुवाको निधनपछि राजनीतिक विरासत दिनवन्धु श्रेष्ठको काँधमा आयो । लगत्तै उनले साविकको कर्णालीको सम्पर्क समिति संयोजक हुने मौका पाए । त्यसलगत्तै दुर्गम क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भए ।

२०५७ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको पार्टीको सदस्य–सचिव भए । ज्ञानेन्द्र शाहीले सत्ता हामतमा लिएपछिको तत्कालीन सात राजनीतिक दलले गरेको आन्दोलनको नेतृत्व समेत श्रेष्ठले गरेका थिए ।

श्रेष्ठ त्यतिबेला बाँके र बर्दियाको कमाण्ड सम्हालेका थिए । उनले पटक–पटक गरेर तीन महिना हिरासत र जेलमा समेत बसेका छन् । दोस्रो जनआन्दोलनको निर्णायक आन्दोलनको बेला श्रेष्ठले काठमाडौंको ठमेल क्षेत्रको कमाण्ड सम्हाल्ने अवसर पाएका थिए । जनआन्दोलन सफल भएलगत्तै श्रेष्ठले २०६३ सालको अन्तरिम संसदमा कर्णालीको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।

कर्णाली प्रदेशसभा नेपाली कांग्रेसकातर्फबाट जुम्लाबाट प्रतिनिधित्व गदैँ आएका श्रेष्ठले सार्वजनिक लेखा समितिको अध्यक्षको भूमिका निर्वाह मा रहेका थिए । रारा–कर्णाली पर्यटन वर्षमा भएको अनियमितता, अनुदानका नाममा भएको अनियमितत ालगायतका विषयमा श्रेष्ठल महत्वपूर्ण भूमिका निभाएका छन् ।

अन्तरिम संसददेखि मन्त्रीसम्म, दिनबन्धु श्रेष्ठ

महामारीमै बन्याे जनकल्याणकाे भवन

अन्तरिम संसददेखि मन्त्रीसम्म, दिनबन्धु श्रेष्ठ

प्रधानपञ्च हुँदै मन्त्री सम्म : यज्ञबहादुर बुढा

Leave a comment

Your email address will not be published. Required fields are marked *