प्रधानपञ्च हुँदै मन्त्री सम्म : यज्ञबहादुर बुढा

सुर्खेत । तत्कालै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री बनेका यज्ञबहादुर बुढाक्षेत्री समाजसेवीका रुपमा परिचित समेत व्यक्ती हुन ।

२०११ सालमा जन्मिएका बुढाक्षेत्रीले केही समय शिक्षण पेशमामा समेत रमाउदैँ आएका थिए । पूर्व प्रधानपञ्च, पूर्व गाविस अध्यक्षसमेत भएका भएका बुढाक्षेत्री सुर्खेतको क्षेत्र नं. २ (ख) बाट प्रदेशसभामा प्रतिनिधित्व गरेका हुन् । बुढाले २०२९ सालदेखि २०४३ सालसम्म शिक्षण पेशामा थिए । भने २०३६ सालमा भएको जनमत संग्रहमा बहुदलीय व्यवस्थालाई समर्थन गरेका बुढालाई त्कालीत राज्यसत्ताले धेरै दुःख दिएको थियो ।

उनले शिक्षण पेशा छोडेर २०४३ सालमा पोखरीकाँडा पञ्चायतको प्रधानपञ्च बनेका हुन् । २०४६ सालको जनआन्दोलनपछि बुढाले नेपाली कांग्रेस तत्कालीन १० नम्वर इलाकाको सभापति हुने मौका पाए । २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा बुढाले सुर्खेतको पोखरीकाँडा गाविसको अध्यक्षमा निर्वाचित भए ।

२०५२ सालदेखि २०७२ सालसम्म पार्टीको क्षेत्रीय सभापति समेत बनेका बुढा २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पोखरीकाँडा गाविस–४ को वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । बुढा २०५४ सालमा जिल्ला विकास समितिको सभापतिको उम्मेदवार समेत भएका हुन् ।

२०११ सालमा जन्म दिएका बुढाक्षेत्रीले २०६२–०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेल्नुका साथै प्रदेश प्राप्तीको आन्दोलनको पनि नेतृत्व गर्न भ्याँए । २०७२ सालमा भएको पार्टीको १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा चुनाव लड्ेका बुढाले तीन मतको सानो अन्तरले पराजित हुन पुगेका थिए ।

विभिन्न समयमा स्थानीय निकायको नेतृत्व गर्दा बुढाले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका समेत खेलेका छन् । दूरदराजका गाउँमा विद्यालय स्थापना, सञ्चालनमा बुढाको निकै ठुलो भूमिका खेलेको उनले बताए ।

‘शिक्षानै विकासको मुल आधार हो,’ बुढाले भने , ‘त्यसैले मेरो जोड सधैं शिक्षाको विकासमा रहँदै आयो ।’ सामाजिक विकास मन्त्रालयको नेतृत्वसँगै बुढाले शिक्षा, स्वास्थ्य, खेलकुद र युवा सहभागीतालाई प्राथमिकता दिने बताएका छन् ।

 

प्रधानपञ्च हुँदै मन्त्री सम्म : यज्ञबहादुर बुढा

अन्तरिम संसददेखि मन्त्रीसम्म, दिनबन्धु श्रेष्ठ

प्रधानपञ्च हुँदै मन्त्री सम्म : यज्ञबहादुर बुढा

असुरक्षा बढेपछि राउटे बस्ती सिल

Leave a comment

Your email address will not be published. Required fields are marked *