महामारीमै बन्याे जनकल्याणकाे भवन

दुर्गा विसि

सल्यान । सल्यानकाे बनगाड कुपिण्डे वडा नं ९ स्वरामा रहेको जनकल्याण निमाविकाे ४ काेठे भवनकाे काम अन्तिम चरणमा पुगेको छ । काेराेना महामारीमा समेत उक्त भवन तयारी भएको छ । बनगाड कुपिण्डे नगरपालिकाकाे आव ०७७/०७८ काे जनश्रमदान सहित करिव ४२ लाख वरावरकाे वजेटबाट भवन निर्माणकार्य भएको हाे ।

उक्त विद्यालयमा यश अघि भवन नहुदा पठन पाठनमा निकै समस्या रहेको थियोे । विद्यालयकाे नयाँ ठाउँमा भवन वनेकाे छ ।सडक पुगे पनि कच्ची सडक र मालसामान वसारपसारका लागि निकै समस्या रहे पनि भवन तयार भएको छ ।त्यो पनि काेराेना कहरसँग जुध्धै भवन वनाउने कुरा निकै चुनौतीपूर्ण रहेको वताएकाे छ ।

याे परिस्थितिमा भवन तयारी गर्ने कुरा निकै असहज थियोे तर पनि विभिन्न समस्या टार्दै भवन वनाउन सफल भएको अध्यक्ष दिपक यरिकाे भनाइ रहेको छ ।भवनकाे काम भने अब अन्तिम चरणमा पुगेको छ ।

भवन वनाउदा लगडाउ,त्यसैमा भौगोलिक विकटता आदि कारणले भवन बन्नेमा स्थानीयले आशंका व्यक्त गरेका थिए । तर भवन भने वनेरै छाडेको निर्माणकार्य समितिका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष यरिकाे भनाइ रहेको छ ।

महामारीमै बन्याे जनकल्याणकाे भवन

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु

महामारीमै बन्याे जनकल्याणकाे भवन

अन्तरिम संसददेखि मन्त्रीसम्म, दिनबन्धु श्रेष्ठ

Leave a comment

Your email address will not be published. Required fields are marked *