नेपाली फुटबलमा जिपिएस : बाँदरको हातमा नरिवल

काठमाडौं : यदि तपाईं धेरै फुटबल हेर्नुहुन्छ र एउटा टोलीलाई ध्यान दिनुहुन्छ भने याद गर्नुहोस् केही फुटबलरहरू जर्सीभित्र वा बाहिर महिलाहरूले लगाउने भित्री बस्त्र ‘ब्रा’ जस्तै लुगा लगाएका देखिन्छन्।

वास्तवमा उनीहरूले लगाएको त्यो वस्त्र ‘ब्रा’ हैन। त्यो एक उच्च परिष्किृत प्रविधिबाट बनाइएको जिपिएस जडित ‘प्लेयर ट्रयाकिङ डिभाइस’ हो । जुन खेलाडीहरूको शारीरिक विकासमा सहायता गर्नका लागि डिजाइन गरिएको हो। जसले उनीहरूको खेलस्तरको सुनिश्चित गर्दछ।

विश्व फुटबलका हस्ती लियोनेल मेस्सी, जाल्टन इब्राहिमोभिच, नेयमार, लुइस सुआरेज, एन्टोनी ग्रिजमेन जस्ता खेलाडीहरूले प्रशिक्षण र खेलको दौरान जिपिएस जडित डिभाइस लगाएर मैदान उत्रन्छन्।

जसका आधारमा खेलाडीको शारीरिक अवस्थाका बारेमा टिम प्रशिक्षक र फिजियोलाई मूल्यांकन गर्न सहज हुन्छ। इंग्लिस प्रिमियर लिगका तीनचौथाइ क्लबले जिपिएस प्रयोगलाई प्रभावकारी मानेका छन्।

लिभरपुल, म्यानचेस्टर युनाइटेड, क्रिस्टल प्यालेस, लिड्स युनाइटेड, नर्विच सिटी जस्ता क्लबहरूले अधिकतम मात्रामा यसको उपयोग गर्ने गर्छन्। ब्राजिल, बेल्जियम, जर्मनी, अमेरिका र इङल्याण्डलगायत देशका फुटबल टिमले यसको प्रभावकारिता उच्च मानेका छन्।

जुन २०१८ मा विश्व फुटबल महासंघ (फिफा) ले अष्ट्रेलियन कम्पनी क्याटापुल्टलाई पहिलो पटक खेलको दौरान डिभाइस प्रयोग गर्ने अनुमति दियो। त्यसअघिसम्म फिफाले प्रशिक्षणका दौरानबाहेक प्रतियोगितामा जर्सीभित्रबाट ट्रेकिङ डिभाइस लगाएर खेल्न अनुमति दिएको थिएन। अहिले युरोप र अष्ट्रेलियामा उत्पादन भएका डिभाइसहरू धेरै जसो क्लबले प्रयोगमा ल्याएका छन्।

ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका फिजियो गुइल्हेर्म पासोसले जिपिए ट्रयाकिङ डिभाइस ब्याकरुम स्टाफको लागि अत्यन्त उपयोग रहने बताउँछन्। सन् २०१९ मा जिपिए डिभाइस निर्माण कम्पनी स्टाट स्पोर्टसको भिडियोमा पासोसले भनेका छन्, ‘धेरै क्लबहरूले प्रयोग गरिरहेका छन्। उनीहरूले हामीलाई डाटा पठाउँछन् त्यो हाम्रो सिष्टममा एकिकृत गर्छौं जसले हामीलाई खेलाडीको अवस्थाको बारेमा जानकारी पाउन मद्धत गर्छ।

नेपाली फुटबलमा जिपिएस : बाँदरको हातमा नरिवल

नेपाल सुपर लिग : ललितपुर एफसी र

नेपाली फुटबलमा जिपिएस : बाँदरको हातमा नरिवल

बाँकेमा स्वाव दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *