‘रेलको बाटो’ को फिमेल भर्सन सार्वजनिक

‘रेलको बाटो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको आवाजमा फिमेल भर्सन सार्वजनिक भएको हो । यसअघि सुरज पण्डितको आवाजमा रहेको यो गीतलाई स्मृती शाहीले आवाज दिएकी छिन् ।

यो गीत कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेसमा तयार पारिएको हो। लेखराज गिरीको शब्द रहेको गीतको भिडियोमा हुम्लावासीले भोग्नु परेको दुख पीडालाई उजागर गरिएको छ।

सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश गीतमा छ। ‘कर्णालीवासीले भोग्नु परेको व्यथालाई गीतको भिडियोमा देखाउनेगरि हामीले अथक प्रयास गरेर फिमेल भर्सन ल्याएका छौ’ गीतमा अभिनय गरेका चिञ्जिवी सापकोटाले भने,‘यसअघिको मेल भर्सनमा डोल्पासहितका जिल्लावासीले भोग्नु परिरहेको ब्यथा देखाएका थियौँ।

यसपटक गीतको बोलअनुसार नै हुम्लावासीले भोगिरहेको पीडाको एक अंश प्रस्तुत गरेका छौँ।’ गीतको भिडियो निर्माणका लागि एक महिना समय लागेको भिडियो निर्देशक लक्ष्मण सुनारले बताए।

‘अफ्ठ्योरो परिस्थितीका बावजुत पनि हामीले मेल भर्जनमा देखाउन नसकेको त्याँहाको अवस्था देखाउने प्रयास गरेका छौँ।’ सुनारले भने,‘दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छौ।’ गीतको मेल भर्सनलाई युट्यूबमा साढे १८ लाख बढी पटक हेरिएको छ।

हिजो (बिहीबार) मात्रै सार्वजनिक भएको फिमेल भर्सन युट्यूबको टेण्डिङमा छ। गीतमा कलाकार चिरिञ्जवी सापकोटा, सरस्वती खत्री लगायत स्थानीय कलाकारहरुको पनि अभिनय छ।

‘रेलको बाटो’ को फिमेल भर्सन सार्वजनिक

ब्राजिलमा तस्कर र प्रहरीबीच गोली हानाहान २५

‘रेलको बाटो’ को फिमेल भर्सन सार्वजनिक

प्रधानमन्त्रीले बाेलाए संवैधानिक परिषद्को बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *