हिंसा लुकाउँदा समस्या


जमुना वर्षा शर्मा
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । समुदायदेखि अधिकारका सवाललाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तसम्म पु¥याउन यो विश्वव्यापी अभियानले महत्वपूर्ण भूमिका निभाएको छ । हुन त कतिले महिला अधिकारका विषयलाई रबर जस्तो जति तन्कायो, उति तन्कने र एकछिन पछि उही आकारमा आउने भनेर हल्का टिप्पणी पनि गर्ने गरेका छन् । जसले जे भने पनि यो आवाज उठाउने समय हो । बोलेर, लेखेर के हुन्छ भन्दै चूप बस्यौं र आवाज उठाउनै छोड् यौं भने झन् के होला ? बाहिरबाट महिला अधिकारसम्पन्न देखेर टीकाटिप्पणी गर्नेहरूले महिलाले भोगिरहेको हिंसा र पीडालाई अति नै सामान्यीकरण गर्छन् । त्यति सुन्न मन गर्दैनन् । गोमन साँपले आफूभित्र विष रहेको थाहा नपाए जस्तै हिंस्रक सोचले ग्रस्त केही पुरुषहरू महिला अधिकारको आवाज उठाउँदा बित्तिकै अन्टसन्ट बहसमा उत्रन्छन् । प्रसङ्ग जोड्न चाहन्छु फेसबूकमा रहेको एउटा बुहारी ग्रुपको । ५२ हजार सदस्य त्यस ग्रुपमा छन् । ग्रुपमा छिनछिनमा पोष्ट हुने स्टाटसले नेपाली महिलाले भोगिरहेका घरेलु हिंसाको यथार्थलाई छर्लङ्ग पार्छ । ग्रुपमा हालै लेखिएका स्टाटस यस्ता छन् ः ‘तपाईंहरूको श्रीमन्ले झुण्डिएर मर भन्नुभयो भने तपाईं के गर्नुहुन्छ नि ? मलाई सारै मन दुखेर आउँछ ।’ ‘जब मनभरी पीडाले भरिंदा रुने ठाउँ कतै हुँदैन नि बाथरुममा पानी खोलेर रुनुको पीडा हजुरहरूलाई थाहा छतर असल श्रीमान् देऊ नत्र जिन्दगी नर्कमा बित्छ ।’ ‘हजुरको बुढाले पोइला जा भन्नुभयो भने के गर्नुहुन्छ यमा पुगेर आफ्नो रहर र सपनाहरूलाई तिलाञ्जली दिन बाध्य भएका छन् । सार्वजनिक जीवनमा उसलाई बलात्कारमा परेकी हो भनेर फरक दृष्टिकोण बनाइँदैनथ्यो भने घटना लुकाएर अपराध गर्नेलाई प्रश्रय दिने काम पनि कम हुन्थ्यो । हामी धेरै वर्षदेखि कानूनका पानामा महिला अधिकार स्थापितका लागि अक्षरहरू थपिरह्यौं । तर समाजमा छोरीलाई मानव भएर बाँच्न नदिने संस्कार, सोच र व्यवहारलाई पनि बदल्नुपर्छ भनेर केन्द्रित हुन सकेनौं । कोखदेखि काखसम्म हुने विभेदको मूल जरो पत्ता लगाएर अगाडि बढ्न सकेनौं । साँझ छोरी ढिला आउँदा छोरीलाई केही हुन्छ कि भन्ने आमा छोरा ढिला आउँदाको कारण खोज्न कहिल्यै लागेनौं । मेरी छोरी बलात्कारको शिकार हुन्छे कि भनेर हडबडाउने आमाको मनले कतै मेरो छोरा बलात्कारी पो हुन्छ कि भनेर सोचेन । छोरालाई सानैदेखि दिइने आवश्यकताभन्दा बढी स्वतन्त्रताभित्र कस्ता कुरा हुर्किएका छन् भन्ने खोजी अझै हुनसकेको छैन । किनभने ऊ छोरा हो, ‘मर्द’ पुरुष हो । उसले बाँच्ने जिन्दगीको २४ घण्टा नै स्वतन्त्र छ । तर छोरी घरभित्र आफन्त भनेकाबाट पनि जोगिन गाह्रो छ । परिवर्तित समयसँगै महिला आन्दोलनले विस्तारै गति लिंदैछ, तर यो सुस्त गतिले महिला पूर्ण रूपमा मानवअधिकारको प्रत्याभूत गरेर बाँच्न पाउने दिन आउन भने अझै सयौं वर्षको पर्खाइमा रहनुपर्ने देखिन्छ । मानवअधिकारको दृष्टिले महिला–पुरुष समान हुन् तर व्यावहारिक पक्षबाट महिला सधैं दोस्रो दर्जाको नागरिकको रूपमा रहनु परेको छ । समाज विकासको क्रमसँगै महिलामा आएको जागरुकताले महिला हिंसा सहेर बस्नुहुँदैन भन्ने केही हदसम्म सचेत बनाएको छ तर अधिकार सबै पुरुषको हातमा भएकाले महिलाहरू अझै पनि विभिन्न हिंसाको शिकारमा परेर निरीह बाँच्न बाध्य छन् । (अनलाइनखबरबाट)

हिंसा लुकाउँदा समस्या

सडकको स्तरोन्नति

हिंसा लुकाउँदा समस्या

लुम्बिनीलाई यू–१९ क्रिकेटको उपाधि

Leave a comment

Your email address will not be published. Required fields are marked *