चुच्चे नक्सामा समेटिएकाको जनगणनाका लागि सुपरीवेक्षक पठाउन अनेरास्ववियूको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी सम्बद्ध अनेरास्ववियूले चुच्चे नक्सामा समेटिएका ठाउँमा बसोवास गर्ने नेपालीको जनगणना गर्नका लागि सुपरीवेक्षक पठाउन सरकारसँग माग गरेको छ । सरकारले जनगणना नगर्ने भएपछि अनेरास्ववियूले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेको हो ।
भारतको बाटो जानुपर्ने हुँदा सुरक्षाको चुनौती हुने भन्दै तत्काल द्विपक्षीय कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्न पनि अनेरास्ववियूले माग गरेको छ ।
‘जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई माग प्रयोग गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न जनगणना सुपरीवेक्षक पठाउन सरकार परराष्ट्र मन्त्रालयसँग जोडदार माग गर्दछौँ’‚ विज्ञप्तिमा भनिएको छ ।







