एमाले छाडेर एकीकृत समाजवादीमा जाँदै भानुभक्त जोशी

धनगढी । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जाने तयारी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाड्ने तयारी गरेका हुन् ।

‘१० बुँदे सहमति कार्यान्वयन हुने अवस्था पनि देखिएन,‘ जोशीले भने, ‘त्यस विषयामा सोच्ने समय आइरहेको छ । तपाईंहरू भोलि थाहा पाउनुहुन्छ ।’ उनले पार्टी विभाजनपछि नेतृत्व सच्चिने आशा गरिएकोमा त्यस्तो हुन नसकेको बताए ।

समाचार स्रोतका अनुसार जोशीले एकीकृत समाजवादीमा समावेश हुने लगभग पक्का भइसकेको छ। उनले सुदूरपश्चिममा आफूनिकट कार्यकर्तालाई एकीकृत समाजवादीमा सक्रिय हुन आग्रह पनि गरिसकेका छन् ।

नेकपा एमालेमै हुँदा २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेपाल समूहले केन्द्रदेखि देशैभर समानान्तर कमिटी गठन गरेको थियो ।

त्यसबेला जोशीलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो। एमालेभित्रको संघर्षका क्रममा साथ दिँदै आएका जोशीले भदौ २ गते एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्ने निर्णयमा भने नेपाललाई साथ दिएनन् ।

तर, उनले अध्यक्ष नेपाललाई भेटेर आफू एकीकृत समाजवादीमा नै लाग्ने बताएको समाचार स्रोतको दाबी छ।

एमाले छाडेर एकीकृत समाजवादीमा जाँदै भानुभक्त जोशी

कार्टून

Leave a comment

Your email address will not be published. Required fields are marked *