आगलागीमा परी चार बालबालिकासहित ७ जनाको मृत्यु

अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ । –सिन्ह्वा

आगलागीमा परी चार बालबालिकासहित ७ जनाको मृत्यु

भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल सेवा डाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *