राजश्व छलीको सामान र लागू औषधसहित सुर्खेतबाट ३ जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले राजश्व छलीका सामान बोक्ने एक जना र लागू औषध ब्राउन सुगर कारोबारी २ जना गरी तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लागु औषधको घटनामा वीरेन्द्रनगर नगरपालिका– ७ ईत्राम स्थित औद्योगीक क्षेत्र तर्फ जाने कच्ची मोटर बाटोबाट जुम्ला तिला गाउँपालिकाका बर्ष १८ का काली बहादुर शाही र बर्ष २१ को खिमराज शाहीलाई शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा फेला पारेर पक्राउ गरिएको हो।

चेक जाँच गर्दा खिम राज शाहीले आफ्नो बायाँ हातको मुठ्ठी भित्र राखेको कालो प्लास्टिकमा सेतो धागोले बेरी राखेको ३ पुडिया जमिनमा फालेको र काली बहादुर शाहीले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकमा बेरी लुकाई छिपाई राखेको ४ पुडिया लागू औषध (ब्राउनसुगर) फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

यस्तै उनीहरुको साथबाट दुईवटा मोबाइल सेट, नगद दुई हजार ४५० रुपैयाँ समेत बरामत गरिएको उनले बताए ।

यस्तै दाङबाट जाजरकोट सम्मको लागी जाँदै गरेको रा १ क ३७ नम्बरको मिनी ट्रकमा राजश्व छलेर अवैध रुपमा ३ लाख ९६ हजार बारबरको तेल ओसार पसार गरी लैजाँदै गर्दा चालक सहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक कञ्चनपुर सुक्ला फाँटका बर्ष ३२ को लोक बहादुर बिक रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको चेक प्वाइन्टको प्रहरी टोलीले अवैध सामान, ट्रक र सवारी चालकलाई लिएको हो । चालकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको छ ।

राजश्व छलीको सामान र लागू औषधसहित सुर्खेतबाट ३ जना पक्राउ

मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीको रिले अनशन शुरु

राजश्व छलीको सामान र लागू औषधसहित सुर्खेतबाट ३ जना पक्राउ

जनप्रतिनिधिको कलहले अझै ल्याउन सकेनन् कर्णालीका ४

Leave a comment

Your email address will not be published. Required fields are marked *