अपहरणमा परेँ भनेर फोन गरेकी सुजिता मृत भेटिइन्

चितवन । चितवनको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ। आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो। उनी असार ११ गतेदेखि हराइरहेकी थिइन्।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन्। उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन्।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको छ। वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र शव नउठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

घटनाको अध्ययनकै लागि शव नउठाइएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताउँदै भने, ‘सूक्ष्मरूपमा त्रुटिरहित ढङ्गले सजगता अपनाउँदै प्रहरीले काम गरिरहेको छ । रासस

अपहरणमा परेँ भनेर फोन गरेकी सुजिता मृत भेटिइन्

कार्टुन

अपहरणमा परेँ भनेर फोन गरेकी सुजिता मृत भेटिइन्

हुम्लाका नौ बालबालिकाको काठमाडौंबाट उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *