चीनमा महिलाले आफ्ना श्रीमान्‌लाई किन खुवाइरहेछन् नपुंसक बनाउने औषधी ?

एजेन्सी । चीनमा श्रीमान्‌को धोकाबाट बच्नका लागि महिलाले नयाँ तरिकाको खोजी गरेका छन् । यस्तो तरिका जसबारे थाहा पाउँदा हरेक व्यक्ति जिल खान्छन् ।

पार्टनरले आफूलाई धोका नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमान्‌लाई औषधी खुवाइरहेका छन् । यो कुनै साधारण औषधी होइन, पुरुषलाई नपुंसक बनाउने औषधी हो ।

ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार चीनमा श्रीमतीले आफ्ना श्रीमान्‌लाई गोप्य तरिकाले यस्तो औषधी खुवाइरहेका छन् जसका कारण उनीहरु नपुंसकताको शिकार हुने गर्छन् ।

ग्लोबल टाइम्सका अनुसार एक लेखमार्फत् केही चिनियाँ श्रीमतीले आफ्ना श्रीमान्‌लाई गोप्य तरिकाले डायगाइलस्टीलबेस्ट्रोल खुवाइरहेको पत्ता लागेको छ । जानकारीमा उल्लेख भए अनुसार यो औषधी एक प्रकारको सिन्थेटिक एस्ट्रोजन हो जसले पुरुषलाई इरेक्सनबाट रोक्ने गर्छ । चीनमा हालै यस्ता किस्सा कहानी सोसल मिडियामा निकै भायरल भएका छन् ।

चीनमा महिलाले आफ्ना श्रीमान्‌लाई किन खुवाइरहेछन् नपुंसक बनाउने औषधी ?

यो हो विश्व रेकर्ड बनाउने संसारको सबैभन्दा

चीनमा महिलाले आफ्ना श्रीमान्‌लाई किन खुवाइरहेछन् नपुंसक बनाउने औषधी ?

निषेधाज्ञामा पनि घटेन संक्रमण दर, मृत्युदर पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *