डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका चार कर्मचारी सिकिस्त, मौसमले उद्धारमा समस्या

डोल्पा : डोल्पाको उत्तरी क्षेत्रअन्तर्गत डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो मा सिकिस्त बिरामी परेका चारजना कर्मचारीको अझै उद्धार हुन सकेको छैन ।

तीन दिनदेखि बिरामीले थला परेका स्वास्थ्य संयोजक सुरेन्द्र बिक, प्राविधिक खेमराज सिंह,प्राविधिक माधन पुन र तिन्जे स्वास्थ्य चौकी प्रमुख दिक्पाल रोकायको उद्धार हुन नसकेको हो ।

बिरामीहरू आफैँ हिँडेर दुनै पुग्ने अवस्था नभएकाले हेलिकोप्टरबाट उद्धारका लागि मंगलबारदेखि पहल गरिए पनि मौसममा आएको खराबीले काठमाडौंबाट हेलिकोप्टर आउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए ।

कार्यालयको कामको शिलशिलामा वैशाख ४ गते उपल्लो डोल्पा हिँडेका बिरामी कर्मचारीहरू रुखाखोकी, ज्वरो, शरीर दुख्ने र सास फेर्ने गाह्रो हुने समस्याले सिकिस्त भएको पंज्ञानीले बताए ।

तपाईको प्रतिक्रिया