अमेरिकामा नयाँ भेरियन्टबाट संक्रमितमध्ये २२ प्रतिशत बालबालिका

एजेन्सी ।  अमेरिकामा कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित भएकामध्ये २२ प्रतिशत बालबालिका रहेका थाहा भएको छ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले अनुसन्धान गरी यो तथ्यांक आम जानकारीमा ल्याएको हो।

कूल संक्रमितमध्ये झण्डै एक चौथाइ बालबालिका रहेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले उनीहरूलाई पनि खोप दिनेबारे निर्णय हुने बताएका छन्।

१२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउनेबारे आफूले योजना बनाइरहेको उनले जानकारी दिएका हुन्।

बालबालिकाका लागि अमेरिकामै फाइजर–बायोएनटेक खोप तयार गरिँदैछ। औषधी निर्माता कम्पनी फाइजरले यो खोप उत्पादन गरिरहेको हो।

यो खोप बालबालिकालाई लगाउन ह्वाइटहाउसले आगामी सातासम्ममा मञ्जुरी दिनसक्ने त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

अमेरिकाको आधा जनसंख्याले कोरोना विरुद्धको भ्याक्सिनको पहिलो डोज लिइसकेका छन्। एक तिहाई जनताले दुवै डोज लिएका छन्।

अमेरिकी स्वतन्त्रता दिवस अर्थात जुलाई ४ तारिखसम्म ७० प्रतिशत अमेरिकीलाई खोपको पहिलो डोज उपलब्ध गराइने बाइडेनले बताएका छन्।

सो दिनसम्म १ करोड ६० लाख अमेरिकीले खोपको पूर्ण डोज प्राप्त गर्ने पनि उनले दाबी गरेका छन्।

अमेरिकामा नयाँ भेरियन्टबाट संक्रमितमध्ये २२ प्रतिशत बालबालिका

मालीकी महिलाले एकै पटकमा ९ बच्चालाई जन्म

Leave a comment

Your email address will not be published. Required fields are marked *