२०८२ बैशाख १७ गते
×

Now Playing

सामाजिक सञ्जालमा प्रतिबन्धित ट्रम्पले ल्याए आफ्नै ‘सञ्चार संजाल’

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सञ्चार सञ्जाल सुरू गरेका छन् । उक्त वेवसाइटमार्फत उनले आफ्ना विचार प्रवाह गर्नेछन् ।

ट्रम्पले जारी गरेको प्रेस वक्तव्यमा उक्त वेवसाइटमा प्रकाशित हुने सामग्रीहरू प्रयोगकर्ताहरूले अन्य सामाजिक सञ्जालमा शेयर गर्न सक्नेछन्। गत जनवरी महिनामा अमेरिकी संसदमा भएको हुलदंगापछि फेसबुक‚ ट्वीटर र युट्युवले ट्रम्पमाथि प्रतिबन्ध लगाइदिएका थिए ।

प्रतिबन्धको घोषणालगत्तैट्रम्पका वरिष्ठ सल्लाहकार जेसन मिलरले ट्रम्प आफ्नै सामाजिक सञ्जाल निर्माणको तयारीमा लागेको घोषणा गरेका थिए। ‘त्यो वास्तवमै ठूलो सामाजिक सञ्जाल बन्नेवाला छ’‚ उनले मार्चमा भनेका थिए।तर‚ ट्रम्पले अहिले सुरू गरेको वेवसाइट सामाजिक सञ्जाल भने होइन। यो केवल वेवसाइट हो‚ जसमा अन्य प्रयोगकर्ताले आफ्नो एकाउन्ट बनाउन पाउनेछैनन् ।

ट्रम्पको डिजिटल चुनाव अभियानमा सघाउँदै आएको क्याम्पेन न्युक्लियस नामक कम्पनीले वेवसाइट बनाएको हो । फेसबुकले ट्रम्पलाई स्थायी रुपमै प्रतिबन्धित गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न लागेकै समयमा वेवसाइट घोषणा गरिएको हो। फेसबुकले सम्भवत: बुधबारै यसबारे निर्णय गर्नेछ। प्रतिबन्ध फुकुवा भएको खण्डमा उनले सात दिनभित्रमा एकाउन्ट रि–एक्टिभ गर्नुपर्नेछ।

युट्युवले भने हिंसाको जोखिम घटेको स्थितिमा मात्रै ट्रम्पमाथिको प्रतिबन्ध हटाउन सकिने बताएको छ। ट्वीटरले उनीमाथि स्थायी प्रतिबन्ध लगाइसकेको छ। ट्वीटरमा ट्रम्पका ८ करोड ८० लाख फलोअर थिए। ट्वीटरले भनेको छ‚‘साधारणतया: ट्वीटरका नियमहरूमा खलल नपुग्ने सर्तमा वेकसाइटका सामग्रीहरूलाई ट्वीटरमा शेयर गर्न दिइनेछ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *