पैसालाई द, मोवाइललाई कान, पाकेटमारको सांकेतिक भाषा

काठमाडौं । राजधानीमा सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले एक सय ६१ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार चोरीमा संलग्न उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता दुई सय सात जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जाकारी दिए ।

पक्राउ गरिएकामध्ये १६१ जनाले जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् । प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो ।
सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरू सार्वजनिक बसहरूमा दुईरदुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने र यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पाकेटमारले सांकेतिक भाषाको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
पाकेटमारको भाषा
पैसास् द
मोवाइलस् कान
पाकेटमारी सकेको मान्छेस् रामे
पाकेटमारका मास्टरस् काशी
पैसा धेरै छस् टानको द
पैसा थोरै छस् जुटको द
गाडीस् काँचा
केटास् छापा
केटीस् भद्री
पुलिस आयोस् ठुल्दाई आयो
ड्राइभरस् माम
खलासीस् मले
गाडीबाट झरेर भागस् टप्की
गाडीभित्र अगाडि सरस् अकल जा
गाडीभित्र पछाडि सरस् चिछल जा






