मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु दुःखद् । सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको भन्दै खण्डन गरेको छ । सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई मन्त्रिपरिषदमा भाग खोजेको भनेर असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको जनाएको हो ।

मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानत : प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुस्खद र खेदजन्य विषय हो ।’







