भोजपुरकी प्रशिकाले चुमिन् मिस कोशीको उपाधि

विराटनगर । छैटौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छिन् । सुनसरीको इटहरीमा सम्पन्न भएको मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन् । उनले उपाधिसँगै स्कुटी र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन ।

जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिताको अर्गनाइजेसन च्वाइस विजेतामा झापाको चारआलीकी पेरिसा बुढाथोकी घोषित भइन ्। प्रतियोगिताको फस्ट रनरअप विराटनगरकी आयुषा आचार्य, सेकेण्ड रनरअप मोरङको बेलबारीकी प्रतीक्षा कार्की र थर्ड रनरअप विराटनगरकी अनुपा विष्ट घोषित भएका छन ्।

प्रतियोगितामा मिस ट्यालेन्डको एवार्ड आयुषा आचार्य, मिस डिसिपिलेनमा पूर्णिमा देवी घिमिरे, मिस फोटोजेनिक एवार्डको उपाधि आकृति गिरीले जितिन् । यस्तै‚ मिस फ्रेण्डसिप एन्जिला पन्त, मिस क्याटवक रीज तामाङ, मिस ब्युटी विद ब्रेन आयुषा आचार्य घोषित भइन् भने मिस पब्लिक च्वाइसको एवार्ड पेरिशा बुढाथोकीले जितिन् ।

यस्तै‚ मिस मल्टिमिडिया प्रतिक्षा कार्की, मिस पपुलर दीपा साह, मिस स्मायल प्रशिका श्रेष्ठ, मिस कन्फिडेन्ट प्रकृति फुयल, मिस ब्युटिफुल सन्तोषीमाया लिम्बु घोषित भएका छन् ।

भोजपुरकी प्रशिकाले चुमिन् मिस कोशीको उपाधि

पौडेल : कांग्रेसमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो

भोजपुरकी प्रशिकाले चुमिन् मिस कोशीको उपाधि

खुकुरी प्रहारबाट रुपन्देहीमा एकजनाको मृत्यु‚ एक घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *