खुकुरी प्रहारबाट रुपन्देहीमा एकजनाको मृत्यु‚ एक घाइते

रुपन्देही । शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदुरको हत्या गरिएको छ ।  अर्का एक जना घाइते भएका छन् । शुद्धोधन–३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

आइतबार राति ११ बजे सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी गम्भीर घाइते भएका अवधेशलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताए ।

सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सिंहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट रुपन्देहीमा एकजनाको मृत्यु‚ एक घाइते

भोजपुरकी प्रशिकाले चुमिन् मिस कोशीको उपाधि

खुकुरी प्रहारबाट रुपन्देहीमा एकजनाको मृत्यु‚ एक घाइते

भैरहवासँग चितवन पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *