पौडेल : कांग्रेसमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन् । दशैंका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औंल्याएका हुन् । एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उनले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कांग्रेसको १४औँ महाधिवेशनले नयाँ सन्देश दिने पौडेलको भनाइ छ। कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा उनले आग्रह गरे । उनले भने, ‘नेताहरुको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ, त्यसलाई अन्त्य गर्नुपर्छ।’

कांग्रेसले भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्नुपर्ने बताउँदै उनले आज जनताले त्यस्तो कांग्रेसको खोजी गरिरहेको बताए । उनले भने‚ ‘चौधौँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो। ध्रुवीकरणमा नलागी कांग्रेस एक बनाउन लागौं ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले संगठनलाई बलियो बनाउन नयाँ पुस्ता र नयाँ विचार आवश्यक रहेको धारणा व्यक्त गरेका छन ।

पौडेल : कांग्रेसमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो

सुर्खेत प्रहरीको योजना : नाकामा प्रहरी परिचालन

पौडेल : कांग्रेसमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो

भोजपुरकी प्रशिकाले चुमिन् मिस कोशीको उपाधि

Leave a comment

Your email address will not be published. Required fields are marked *