सुर्खेत प्रहरीको योजना : नाकामा प्रहरी परिचालन गर्नेदेखि बस्ती बस्तीमा गस्ती गर्ने

सुर्खेत । नेपालीहरुको महान पर्व दशैंतिहार नजिकिएसँगै बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राखेर सुर्खेत प्रहरीले विशेष योजना अघि सारेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नाका नाकामा प्रहरी परिचालन गर्नेदेखि बस्ती बस्तीमा गस्ती गर्ने तयारी गरेको छ । चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन झण्डै पाँच सय प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता रामप्रसाद घर्ती मगरले ग्रामीण क्षेत्रमा गस्ती गर्ने, हाईवे गस्ती, पैदल गस्ती गर्ने बताए । “दक्षिणमा बबई नाका, जाजरकोट, सल्यानसँग सीमा जोडिएका मुख्य क्षेत्रहरूमा प्रहरी परिचालन हुने छन्,” उनले भने ,“पश्चिममा कुइने नाका, अछाम र डोटीसँग जोडिएको नाकामा प्रहरी परिचालन गरिने छ । साथै प्रहरी निरीक्षकको नेतृत्वमा (क्यूआरटी) क्विक रेस्पन्सीविलिटी टिम समेत बनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरू, धेरै भिडभाड हुने क्षेत्रहरूमा प्रहरीको विशेष निगरानी रहने घर्तीले जानकारी दिए। नागरिक सहायता कक्ष स्थापना वीरेन्द्रनगर बसपार्कमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ । चाडपर्व नजिकिएसँगै बसपार्कमा यात्रुहरूको भिडभाड बढ्ने भएका कारण यात्रुहरूको सहजताका लागि यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यात्रु सहायता कक्ष शुक्रबार स्थापना गरिएको छ । नागरिकको जिउज्यानको सुरक्षामा सहजता प्रदान गर्ने लक्ष्यका साथ यात्रु सहायता कक्षको सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरिक्षक पदमबहादुर बिष्टले बताए। प्रहरीले पूर्वमा छिञ्चु, पश्चिम बड्डीचौरमा पनि यात्रु सहायता कक्षको स्थापना गरिएको छ । दशैंतिहार छठ पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने, बस व्यावसायीहरूले यात्रु तानातान गर्ने, तोकिएको भन्दा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा धेरै यात्रुहरू राख्ने, तीब्र गतिमा सवारी चलाउने, मापसे गरी सवारी चलाउने भएका कारण यसलाई नियन्त्रण गर्नका लागि बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

सुर्खेत प्रहरीको योजना : नाकामा प्रहरी परिचालन गर्नेदेखि बस्ती बस्तीमा गस्ती गर्ने

फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री

सुर्खेत प्रहरीको योजना : नाकामा प्रहरी परिचालन गर्नेदेखि बस्ती बस्तीमा गस्ती गर्ने

पौडेल : कांग्रेसमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो

Leave a comment

Your email address will not be published. Required fields are marked *