फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री

काठमाडौं । जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा निर्वाचित भएका छन् । गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले किशिदालाई संसदील दलको नेतामा चयन गरेसँगै उनले प्रधानमन्त्री बनेका हुन् ।

निवर्तमान प्रधानमन्त्री योशिहिदे सुगाको उत्तराधिकारी बनेका ६४ वर्षीय किशिदा यसअघि विदेशमन्त्रीको रूपमा काम गरेका थिए । महामारीपछि जापानको अर्थतन्त्र पुनःस्थापना र उत्तर कोरियाको धम्कीलगायतका विषय अगामी दिनमा किशिदाका मुख्य चुनौती हुनेछन् ।

निर्वाचित भए लगत्तै उनले टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि पार्टीको गुमेको साख फिर्ता ल्याउन महत्वपूर्ण कार्य गर्ने बताए । कोभिड महामारीबीच टोकियोमा ओलम्पिक आयोजना गर्ने निर्णयको देशभित्र र बाहिर सरकारको विरोध हुँदै आएको थियो ।

आगामी नोभेम्वरमा हुने आमनिर्वाचनमा किशिदाले एलडीपीलाई विजयी बनाउनु पनि उनको अर्को चुनौती छ ।

राउटे वस्तिमा संघ संस्थाले दिएको राहत बाँड्न,उच्च

फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री

सुर्खेत प्रहरीको योजना : नाकामा प्रहरी परिचालन

Leave a comment

Your email address will not be published. Required fields are marked *