राउटे वस्तिमा संघ संस्थाले दिएको राहत बाँड्न,उच्च तहका भिआइपिहरुको तँछाडमछाड
दुर्गा विसिरआश्विन,१८ राउटे वस्तिमा अरुले दिएको राहत बाँड्न आउने सरकारि मान्छेको लर्को लाग्ने गरेको छ । राउटे जातिको थप व्यवस्थापनमा राज्य नै निरहि रहेको छ । जे गर्नु पर्ने हो,त्यो गर्दैन । केही दिन अघि निकै तामझामका साथ केपोन हुने गरि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना राउटे वस्ति पुगे । राहत भन्दा उनको वढि खर्च तामझाम रहेको थियोे ।
सुरक्षा कर्मी सहित १०/१२ वटा गाडिमा ५० भन्दा वढि नागरिक राउटे वस्ति पुगे । तर त्यो पनि विदेशमै वस्दै आएका रविन्द्र जंग क्षेत्रिले राउटेका लागि पठाएको सामग्री थियोे । तेहि सामग्री हस्तान्तरण गर्न काठमाडौंबाट निकै लावा लस्करका साथ सामान भन्दा राज्यको वढि खर्च हुने गरि तिमिल्सिना त्यहाँ पुगेका थिए । राज्यको महत्त्वपूर्ण व्यक्ति त्यो पनि अरुले दिएको सामान वोकेर काठमाडौं सल्यान पुग्दा उनको खर्च अधिक भयो होला । ४ लाख बराबरको अरुले दिएको सामान वोकेर ४ लाख वढि खर्चेर तिमिल्सिना राउटे वस्तिमा पुगे । त्यो उनिहरुका लागि खासै अर्थ देखिएन । केवल राउटे हेर,फोटा खिचाए सितिमै फर्किए ।
केही दिन वित्न नपाउदै पुन फेरि युनिसेफले दिएको समान बाँड्न राउटे वस्ति टुप्लुकै पुगे राष्ट्रिय योजना आयोग कर्णाली प्रदेशका उपाध्यक्ष सर्वराज खड्का । उनी पनि युनिसेफको आर्थिक सहयोगमा दिएको सामग्री वितरण हस्तान्तरण गर्न योजना आयोगको जम्वो टोलि सहित त्यहाँ पुगे । तर राउटेका लागि त्यो पनि किमार्थ थियोे । राज्यका महत्त्वपूर्ण आहदा र पदमा वसेका उच्च तहका कर्मचारी देखि जनप्रतिनिधि लाजै नमानि राउटेलाइ संघ संस्थाले दिएको सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रम गर्न तछाड मछाड गरेको देखिन्छ । राउटेहरु पछिल्लो समय केही सुधारत्माक बन्दै गएका छन् ।
सरसफाइ,खानपिन,जंगलीकरण भन्दा वजारिकरण यावत कुरामा उनिहरुको वाणी व्यवहारमा पहिल्यैको तुलनामा बिर्कुल परिवर्तन हुदै गएको राउटे प्रतिस्ठान उत्थानकि केन्द्रीय अध्यक्ष सत्यादेवि अधिकारीको भनाइ छ । राज्यको तर्फबाट जति हुनुपर्ने हो राउटे प्रती तेति सहयोग नभएको उनको पनि दुखेसो छ ।माथिल्लो उच्च तहका व्यक्तिहरु लाजै नमानि अरुले दिएको राहत बाँड्न आउनेमा यतिबेला बनगाड कुपिण्डे नगरपालिका वडा,१ घाटगाउँमा वस्दै आएका राउटे वस्तिमा निकै भिडभाड समेत वढेको देख्न सकिन्छ ।
राउटेको दीर्घकालीन सोच र उनिहरुको वाणी व्यवहार तथा आचारणमा फरक पना दिने खाल्को निति राज्यले सोच्न पनि सकिरहेको छैन । उनिहरुका वालवालिकालाइ शिक्षा स्वास्थ्य जस्ता कुराहरूमा कुनै निकाय गम्भीर भएको देखिन ।यसको पहिलो पहल कर्ता सम्बन्धि क्षेत्रमा राउटेहरु वसाइ सराई गरि जाने स्थानीय तह हुनुपर्ने हो ।
हरेक कुरामा परिवर्तिद हुदै गएका राउटेहरुलाई खासै राज्यले ध्यान दिन सकेन । नीति नियम वनाउने तहका व्यक्तिहरुको हर्कत राउटे वस्तिमा अरुले गरेको सहयोग वोकि बाँड्नुले निकै लजावोध वनाएको छ ।






