ड्रिम हाईले ‘नेपाल मिडिया अवार्ड’ वितरण गर्ने

काठमाडौं । चलचित्र प्राविधिक सङ्घसँगको सहकार्यमा नेफ्टा फिल्म अवार्ड भव्य रूपमा आयोजना गरेको ड्रिम हाई नेपालले ‘नेपाल मिडिया अवार्ड’ अवार्ड समेत गर्ने भएको छ ।

पछिल्लो समय नेपाली मिडियामा देखिएको लोभलाग्दो परिवर्तन मध्यनजर गरेर राम्रो मिडियालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ गर्न लागेको आयोजक ड्रिमहाई नेपालले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

‘सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ आयोजना हुन लागेको अवार्डमा एफएम, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधा समेटिने छन् ।

सञ्चार माध्यममा विभिन्न विधामा कार्यरत पत्रकारहरू यो अवार्डमा सम्मानित हुने ड्रिम हाई नेपालका कमल जिसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

ड्रिम हाई नेपालले यस अगाडि नेपथ्य कन्सर्ट, अनमोल केसीको कन्सर्ट कार्यक्रम ‘अनमोल नभ’, नेफ्टा अवार्ड लगायत कार्यक्रम गरेको थियो ।

ड्रिम हाईले ‘नेपाल मिडिया अवार्ड’ वितरण गर्ने

बोल्ड लुक्समा अनन्या

कालिकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *