बोल्ड लुक्समा अनन्या

एजेन्सी । बलिउड अभिनेत्री अनन्या पाण्डे अक्सर चर्चामा रहने गर्दछिन् । उनको चर्चाको बिषय तस्बिर सुटदेखि फेसनसम्म बन्ने गरेका छन् । हालै पनि उनले नयाँ तस्बिर सुट गराएकी छन् । जुन तस्बिर सामाजिक संजाल चर्चाको बिषय बनेको छ ।

तस्बिरमा अनन्या कालो कलरको टप र स्कर्टमा देखिएकी छन् । कर्ली कपाल र सामान्य मेकअपमा पनि उनी निकै हट एण्ड बोल्ड देखिएकी छन् । एक तस्बिरमा उनले एक हातमा ज्याकेट लिएर कारको अगाडि पोज दिएकी छन् ।

चर्चित अभिनेता चङ्की पाण्डेकी छोरी समेत रहेकी अनन्याले बलिउड ‘स्टुडेन्ट अफ द इयर २’ फिल्मबाट डेब्यु गरेकी हुन् । त्यसपछि उनी ‘पति पत्नी और वो’ र ‘खाली पीली’ जस्ता फिल्ममा समेत देखिएकी थिइन् ।

बोल्ड लुक्समा अनन्या

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

ड्रिम हाईले ‘नेपाल मिडिया अवार्ड’ वितरण गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *