विल गेट्स र मेलिन्डाले गरे सम्बन्ध विच्छेद

एजेन्सी । माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन्। दुवैले आफ्नो २७ वर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गरेका हुन् ।​

विल र मेलिन्डाले आफुहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा बताएका छन्। विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधै चर्चामा रहने यो जोडीको सम्बन्ध विच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ।

उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘धेरै सोच–विचार र हाम्रो सम्बन्धमा काम गरेपछि हामीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’ अलग भएपछि पनि दुवैले विल एण्ड मिलिन्डा फाउन्डेसनको काम जारी राख्ने बताएका छन्। सन २००० मा स्थापना गरिएको यो फाउन्डेसनले अहिलेसम विश्वभर विभिन्न क्षेत्रमा लगभग ५४ बिलियन डलरको सहयोग गरिसकेको छ।

विश्वकै धनि व्यक्ति मध्येका एक ६५ वर्षीय विल गेट्स र ५६ वर्षीय मिलिन्डाको भेट माइक्रोसफ्ट मै भएको थियो। जसमा बिल प्रमुख कार्यकारी अधिकृत थिए भने मिलिन्डाले माइक्रोसफ्टमै प्रोडक्ट म्यानेजरको रुपमा कम शुरू गरेकी थिइन्। दुवैले सन १९९४ मा विवाह गरेका थिए।

विल गेट्स र मेलिन्डाले गरे सम्बन्ध विच्छेद

‘साउदी अरबसँग वार्ताका लागि इरान तयार’

विल गेट्स र मेलिन्डाले गरे सम्बन्ध विच्छेद

फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधी

Leave a comment

Your email address will not be published. Required fields are marked *