बागिनाले काँक्रेविहारमा देउसी खेल्ने

सुर्खेत,। बागिना समूह सुर्खेतले दीपावलीको अवसरमा काँक्रेविहारमा देउसी–भैलो कार्यक्रम गर्ने भएको छ । लक्ष्मी पुजाको दिन देउसी  भैलो कार्यक्रम गर्ने लागिएको हो । कोरोना महामारीका कारण घर–घरमा गएर देउसी–भैलो खेल्न असम्भव भएपछि काँक्रेविहारमा देउसी–भैलो कार्यक्रम गर्न लागिएको हो ।

देउसी–भैलो कार्यक्रममा सुर्खेतका अग्रज कलाहरुको प्रस्तुति रहेन बागिनाले जनाएको छ । यसैबीच लामोसयदेखि संकटपूर्ण अवस्थामा रहेको बागिना समूह फेरि जुर्मुराउन थालेको छ । नयाँ नेतृत्व, नयाँ जोसजाँगरसहित बागिनाले आफूलाई पुरनै स्थानमा फर्काउने जमर्काे गरेको छ । नयाँ नेतृत्वले नयाँ कार्ययोजनाहरु अगाडि सारेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै बागिना समूहका नवनिर्वाचित अध्यक्ष डिलबहादुर गुरुङले बागिनालाई कर्णाली प्रदेशकै कला केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्य राखिएको बताए । दुईबर्षे कार्यकालमा बागिनालाई फेरि पुरानै स्थानमा पु¥याउने उनले उल्लेख गरे ।

बागिनालाई प्रदेशकै उत्कृष्ट कला केन्द्रको रुपमा स्थापिन गरिने बागिना समूहका सचिव भानुभक्त अधिकारीले जानकारी दिए । जसका लागि काठमाडौंसम्म शाखा विस्तार गर्ने, व्यवसायीक कलाकारहरु उत्पादन गर्ने, कर्णाली प्रदेशमा योगदान गर्ने कलाकारहरुको प्रोफाइल तयार गर्ने, छुट्टै नाट्य घर स्थापना गरेर कर्णालीलाई संस्कृतिको हवका रुपमा स्थापिन गर्ने लक्ष्य राखिएको अधिकारीले बताए ।

 

बागिनाले काँक्रेविहारमा देउसी खेल्ने

YUGAAWHAN NATIONAL DAILY (2078-7-17)

बागिनाले काँक्रेविहारमा देउसी खेल्ने

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *