सार्वजनिक यातायात खुलाइयो संक्रमणको जोखिम भने कायमै

सुर्खेत । गत बैशाख १४ गतेदेखि जारी निषेधाज्ञा भोलि (शुक्रबार) देखि खुकुलो पारिने भएको छ । कोरोना महामारीका कारण सुरु भएको निषेधाज्ञा ६६ दिनपछि खुकुलो बनाउन लागिएको हो । निषेधाज्ञा थेग्न नसकेपछि केही कुखुलो बनाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । निषेधाज्ञालाई केही खुकुलो पारे पनि थप हप्ता सम्मका लागि लम्वाइने छ ।

नागरिकको जीवनलाई सामान्य अवस्थामा फर्काउन निषेधाज्ञा खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । निषेधाज्ञा खुकुलो पारिएपछि भोलिदेखि सार्वजनिक यातायातसमेत चलाउन पाइनेछ । जोर विजोर नम्बर प्लेटका अधारमा सुर्खेत जिल्लाभार सार्वजनिक यातायात चलाउन पाइने भएको हो ।

जोर बारमा जोर नम्बर प्लेट र बिजोर बारमा बिजोर नम्बर प्लेटका गाडीहरु सञ्चालन हुनेछन् । साथै गाडीले भने पूर्णक्षमतामा यात्रुहरु बोक्न पाउने छन् । ‘आधा मात्रै यात्रु बोक्नु भनेपछि दोब्बर भाडा लिइहाल्नछन्’ प्रजिअ रिजालले भने, ‘बरु तोकिएका भाडा लिने, तर पूर्णक्षमतामा यात्रु बोक्न पाउने व्यवस्था गरेको छौँ ।’

यात्रु बोक्नु अघि गाडीलाई पूर्णरुपमा स्यानिटाइज गर्नुपर्ने छ । चालक र सहचालकले मास्क तथा सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने छ भने यात्रुलाई सेनिटाइजर प्रयोग गर्न दिइने छ । तर मास्क प्रयोग नगर्ने यात्रुलाई भने गाडीमा यात्रा गर्न दिइने छैन ।

यदी मास्कबिनै यात्रु बोकेको पाइएमा प्रहरीले कारबाही गर्नेछ । गाडीमा सुरक्षा सावधानी अपनाए–नअपनाएको प्रहरीले अनुगमन गर्नेछ । यात्रुबाट तोकिएभन्दा बढी भाडा लिनसक्ने भन्दै अनुगमनका लागि चोक–चोकमा प्रहरी खटिनेछन् । अनिवार्य रुपमा टिकट लिएर मात्रै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

असार १० गतेदेखि नै वीरेन्द्रनगरमा निषेधाज्ञा खुकुलो पारिएको थियो । हाल सुर्खेत जिल्लाभर बिहान ६ देखि दिउँसो २ बजेसम्म सबै प्रकारका पसलहरुलाई संचालन भइरहेका छन् । असार यता सुर्खेतसहित प्रदेशभर निषेधाज्ञा खुकुलो पारिएको छ । कोरोना संक्रमण नघटे पनि निषेधाज्ञा खुकुलो पारिएको हो ।

हाल प्रदेशका सबै जिल्लामा सबै प्रकारका पसल तथा निजी सवारी साधन सञ्चालन हुँदै आएका छन् । दैलेखमा विहान ६ देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका व्यवसाय संचालन गर्न दिइएको छ । दैलेखमा सार्वजनिक भने यातायात खुला गरिएको छैन । नीजि सवारी साधनलाई भने मजदुर बोक्नेगरी संचालन गर्न दिइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद प्याकुरेलले जनाए ।

सल्यानमा अत्यावश्यकका पसलहरु बिहान ६ देखि दिउँसो ३ बजेसम्म संचालन गर्न दिइएको छ । निजी सवारी साधनलाई पनि जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले जनाइन् । रुकुमपश्चिममा पनि निषेधाज्ञा खुकुलो पारिएको छ । सवारी साधन सञ्चालन गर्न दिएको छैन ।

त्यहाँ उपभोग्य पसल पसल व्यवसाय बिहान ६ बजेदेखि १० बजेसम्म सम्म र हाडर्वयर फेन्सी पसलहरु बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म खुला गरिएको रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जनाए । जाजरकोटमा पनि बिहान ६ देखि १० बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद देवकोटाले जनाए । त्यहाँ १५ देखि नै सार्वजनिक यातायात खुला गरिएको छ ।

त्यस्तै जुम्लामा पनि निषेधाज्ञा असार २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । त्यहाँ सबै प्रकारका पसलहरु बिहान ६ देखि दिउँसो २ बजेसम्म खुल्ला गरिएको छ । तर सवारी साधान सञ्चान बारे कुनै निर्णय गरिएको छैन । मुगुमा भने आधा यात्रु राख्ने गरी यातायात सञ्चालन गरिएको छ । त्यहाँ बिहान ६ देखि बेलुका ४ बजेसम्म पसलहरु खुल्ला गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद सिवाकोटीले जनाए । कालिकोटमा पनि नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

एक सातामा प्रदेशभर पाँचसय संक्रमित

निषेधाज्ञा खुकुलो पारिए पनि कोरोना संक्रमणकाृ जोखिम भने कायमै छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार पछिल्लो एक हप्तामा झण्डै पाँचसय अर्थात चारसय ८३ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा संक्रमणकै कारण प्रदेशभर १३ जनाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार असार १० गते प्रदेशमा ५१ जना कोराना संक्रमित थपिदा एक जनाको मृत्यु भयो ।

११ गते संक्रमण र मृत्यु दर बढ्यो । ८६ जना संक्रमित थपिदा तीन जनाको मृत्यु भयो । १२ गते पनि संक्रमणको दर आशा गरिए अनुसार घटेन । त्योदिन संक्रमबाट कसैले ज्यान गुमाउनु परेन । तर ५८ जना नयाँ संक्रमित थपिए । १३ गते संक्रमण र मृत्युदर घट्यो । ४५ जना संक्रमित थपिदा एक जनाको मृत्यु भयो । उक्त दिन अब संक्रमण घट्छ कि भन्ने आशा पलाएको थियो । तर समय त्यस्तो भएन । १४ गते संक्रमण र मृत्युदरले जोखिम कायमै रहेको संकेत ग¥यो ।

अस्ततालमा उपचाररत चार जनाको मृत्यु हुँदा प्रदेशभर ६४ जना संक्रमित थपिए । १५ गते संक्रमण र मृत्युको दर घट्यो । ४९ जना संक्रमित थपिदा एक जनाको मृत्यु भयो । १६ गते ४१ जना संक्रमित थपिएदा दुई जनाको मृत्यु भएको छ । असारदेखि प्रायः प्रदेशका सबै जिलमा निषेधाज्ञा खुकुलो छ । तर संक्रमणको जोखिम हटेको छैन । संक्रमति र मृत्युदर सामान्य अवस्थामा फर्किएको छैन ।

पीसीआर परीक्षण घट्यो

निषेधाज्ञा खुकुलो पारिएसँग कोरोनाको पीसीआर परीक्षणको दायरा पनि घटेको छ । कुनै समय दैनिक तीन÷चारसय कोरोना परीक्षण हुने कर्णालीमा हाल दैनिक ५०÷६० जनाको मात्रै पीसीआर परीक्षण हुने गरेको छ ।

पछिल्लो एक हप्तामा कुल चारसय ९१ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । कर्णालीमा जुम्ला, दैलेख, सुर्खेत र रुकुमपश्चिममा कोरोना परीक्षणका लागि पीसीआर प्रयोगशाला छन् । तर चार वटा प्रयोगशालाबाट दैनिक एक सयभन्दा मुनीको परीक्षण भएको छ ।

स्वाव संकलन तथा परीक्षणमा झन्झटिलो र नजिता आउन समय लाग्ने भएपछि पीसीआर परीक्षण दायरा घटेको हो । हाल डोल्पा, हुम्ला, मुगु, कालिकोट लगायतका जिल्लामा एन्टिजेन्ट विधिबाटै कोरोना परीक्षण गरिदै आएको छ । पीसीकारको सट्टा जिल्लाहरुमा एन्टिजेन्ट विधिबाट कोरोना परीक्षणको गरिदै आएको हो । स्थानीय तहलेसमेत एन्टिजेन्ट विधिबाट कोरोना परीक्षणको दायरालाई बढाइएको छन् ।

सार्वजनिक यातायात खुलाइयो संक्रमणको जोखिम भने कायमै

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

सार्वजनिक यातायात खुलाइयो संक्रमणको जोखिम भने कायमै

YUGAAWHAN NATIONAL DAILY (2078-03-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *