हिमाल पारीको विद्यालयमा रोकिएको छैन पठनपाठन

हुम्ला, १४ असोज ।

कोरोना संक्रमणले चौतर्फी त्रासदी बढाएका बेला हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका विद्यालयमा पठन पाठन जारी रहेको छ । गाउँमा बाहिरका मानिस आउन नपाउने र गाउँका मानिस बाहिर नजाने नियम बनाइएपछि लिमीका दुईवटा विद्यालयमा पठन पाठन जारी राख्न संभव भएको हो ।

केही दिन अगाडि विद्यालय पुगेर आएका सुनखानी प्राथमिक विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले गत फागुन महिनावाटै विद्यालय पठन पाठन जारी रहेको बताए । कोरोनाको प्रभाव नदेखिनु र गाउँकै स्थानीय शिक्षक भएपछि पठन पाठन जारी राख्न सकिएको उनले बताए । हाल विद्यालयमा तीनजना शिक्षक रहेको र उनीहरु तीनै जनालाई एकजना अमेरिकी नागरिकले पारिश्रमिक व्यहोर्दै आएका छन् । सरकारी दरबन्दीका शिक्षक भने एक पटक विद्यालयमा पुगेर फिर्ता भई सकेका छन् ।

कक्षा पाँचसम्म अध्ययन हुने सो विद्यालयमा ५६ जना विधार्थी रहेको बताउँदै प्रअ बुढाले विद्यालयले अर्धवार्षिक परीक्षा समेत भइसकको बताए । उनले पढाई निरन्तर चलेको कारण निर्धारित समयमा विद्यालयले पठन पाठन पुरा हुने बताए । उक्त वडाका वडाअध्यक्ष पाल्जोर तामाङले मुख्य गरी यसरी पठन पाठन जारी राख्न सक्नुमा गाउँको नियम कडा रहेकोले त्यो संभव भएको बताए । नाम्खा गाउँपालिका कै अन्य १४ वटा विद्यालय कोरोनाका कारण पहिले बन्द गरेर एक पटक विद्यालय सञ्चालन गरेर पुनः बन्द भएका छन् ।

कोरोना संक्रमणको कारण विद्यालय बन्द रहेको जानकारी लिमीका बासिन्दाहरुले तीन दिन पछि काठमाडौँमा बसेका आफन्तबाट टेलिफोनमा सुनेका थिए । त्यसपछि गाउँवाट बाहिर जान र गाउँमा प्रवेश गर्न निषेध गरिएको थियो । त्यसवाट पनि लिमीमा पठन पाठन जारी राख्न सहज भएको हो । लिमीकै अर्को गृकुटी प्राविमा पनि पठन पाठन जारी रहेको छ । यसैबीच कोरोनाको कारण दुई पटक बन्द गरिएका ताँजाकोट गाउँपालिकाकाका विद्यालयमा असोज १८ गतेवाट पठन पाठन सुरु हुने भएको छ । गाउँपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालनमा ल्याउने निर्णग गरेपछि ताँजाकोटका सवै विद्यालयमा पठन पाठन सुरु हुने भएको हो ।

हिमाल पारीको विद्यालयमा रोकिएको छैन पठनपाठन

सल्लीबजारमा करेन्ट लागेर एक जना घाइते

हिमाल पारीको विद्यालयमा रोकिएको छैन पठनपाठन

प्रयोग भएका मास्क जथाभावी फाल्दा संक्रमणको जोखिम

Leave a comment

Your email address will not be published. Required fields are marked *