हुम्लामा तयार गरिएको ‘सहायक श्रीमान’ ले रसियामा जित्यो प्रथम पुरस्कार

काठमाडौं, १४ भदौ ।
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ’सहायक श्रीमान’ (को–हजबेन्ड) ले रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ । रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा ‘सहायक श्रीमान’ ले प्रथम पुरस्कार जितेको हो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

हुम्लाको कतिपय लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र अध्ययनबाट सहायक श्रीमान निर्माण गरेका हुन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै फिल्मलाई प्रथम पुरस्कार स्वरूप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरे। विभिन्न देशका फिल्महरू प्रतिस्पर्धामा रहेको यस महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो ।

‘सहायक श्रीमान’ का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गर्दै भने– ‘यो मेरा लागि मात्र नभई नेपाल र युवा चलचित्रकर्मीका लागि ठूलो सम्मान हो ।’ ‘भाग्यले बाँचेकाहरू’ नामक वृत्तचित्रमार्फत चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो ।

गत डिसेम्बरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको फिल्मले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।

हुम्लामा तयार गरिएको ‘सहायक श्रीमान’ ले रसियामा जित्यो प्रथम पुरस्कार

कोरोनाकाको कहरपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *