झुला स्यालाका बाढिपिडितलाई सहयोग
प्रचण्ड खत्री
रुकुम पश्चिम, १५ साउन ।
रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा नं. ९ झुला स्यालाका बाढी पिडितलाई विभिन्न समाजका समाजसेवी व्यक्ति र रुकुम पश्चिमको १ सरकारी संस्थाले सहयोग गरेका छन् । साउन १३ गत्ते आएको अविरल बर्षाले स्यालाका जसबिर कामीका २२ बर्षिय छोरा नबिन बि.क. र छिमेकी हस्त बहादुर सुनुवारका १६ बर्षिय छोरा बल बहादुर सुनुवारको निधन भएको थियो ।
पहिरोमा परी ६० बर्षिय झुपी कामीको अबस्था आजुक भएकाले उहाँको अहिले कोहलपुर हस्पिटलमा उपचार भैरहेको उहाँको कुरुवा तथा आफन्त टेकराज रसाईलीले जानकारी दिनुभयो । झुपिकी २२ बर्षिय बुहारी ब्युझना र ५ बर्षिय नातिनी कोपिला र ३ बर्षिय नातिनी ऋतु बि.क. स्थानीय मेडिकलमा उपचार गराएर घर फर्केका स्थानीयहरु बताउँछन ।
नेपाली कांग्रेसका युबा नेता तथा पूर्ब अन्तर्राष्ट्रिय खेलाडी जनक कुमार बाठामगरले ५ बोरा चामल, ५ के जी दाल, १० पोका नुन, ३ पोका जिरा र २ के.जि. चिनी गरी १५ हजार बराबरको खाद्यान सामाग्री उपलब्ध दिनुभएको छ । त्यस्तै समाजसेबी तथा दलित नेता दिपक बिकले चामल ६ बोरा, दाल १ बोरा, चिनि १ के.जी र बिस्कुट २ पेटी गरी २० हजार बराबरको सामान सहयोग गरेको समाजसेबी दिपक बिकले जानकारी दिए । राहात पाएपछि बाढी पिडित खुशी भएका छन् भने झुपीको उपचार लागि सहयोग गर्न सबैलाई पिडित परिबारले आग्रह गरेका छन् ।
बाफिकोट गाउँपालिका भित्र रहेका दलितहरुको बिषयमा ओकालत गर्दै आएको संयुक्त दलित अधिकार मञ्चले जसबिर कामी र हस्त बहादुर सुनुवारको परिवारलाई काज किरिया स्वरुप दश/दश हजार रुपैयाँ सहयोग गरेको मञ्चका अध्यक्ष दिपक बिकले जानकारी दिए । झुपी कामीलाई उपचार स्वरूप मञ्चले १० हजार सहयोग गरेको बताएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमले २ सेट त्रिपाल , २ सेट ओढ्ने कम्मल, थाली दिब्च्या, डाडु, पुरुषले लगाउने ३ सेट पोशाक, बच्चाले लगाउने ३ सेट कपडा, पुरुषले लगाउने ३ सेट कपडा र २ वटा बाल्टी रेडक्रसका सभापति रमा गौतमले समाजसेबी भूबन बिकमार्फत बाढी पिडितलाई हस्तान्तरण गरेको बताएको छ । उहाँले सबैलाई सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ ।