अक्षय कोष स्थापनामा सहयोग जुटदै

सुर्खेत, १४ साउन ।
संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका संस्थापक सचिव डिल प्रसाद शर्माको नाममा स्थापना गर्न लाागिएको अक्षय कोषकालागि बुधबार मात्रै १८ हजार भन्दा बढि रकम संकलन भएको छ । समाजले पत्रकार शर्माको नाममा दुइ जना संसदीय विटमा पत्रकारिता गरिरहेका पत्रकारलाई हरेक वर्ष पुरस्कार दिन भन्दै मंगलबार मात्रै डिल स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई साथ दिन नीजि क्षेत्रबाट सबैभन्दा पहिले सुर्खेत काँक्रेविहार यातायात प्रालिले एघार हजार एक सय एघार रुपैंया अक्षयकोषलाई दिने घोषणा गरेको छ । प्रालिका अध्यक्ष रमेश सापकोटार कार्यालय प्रमुख गोविन्द प्रसाद शर्माले उक्त घोषणा गरेका हुन । ‘उहाँले सुर्खेती पत्रकारिताको इतिहासलाई थप अब्बल बनाउन खेल्नु भएको भूमिकाको प्रशंसा गर्दछौं ।’ अध्यक्ष सापकोटाले भने, ‘उहाँको योगदानको कदर गर्दै हामीले यो रकम अक्षय कोषमा जम्मा गर्ने निर्णय गरेका हौं ।’

विगत लामो समयसम्म कर्णाली प्रदेश सभामा सूचना अधिकारीको रुपमा काम गरेका अधिकृत प्रेम प्रसाद आचार्यले पनि कोषकालागि पाँच हजार दिने घोषणा गरेका छन् । अन्नपूर्ण व्युरो कर्णाली प्रदेशका प्रमुख ललित बुढाले दुइ हजार अक्षय कोषमा जम्मा गर्ने घोषणा गरेका छन् भने कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं‍‍‍‍ पाँच का अध्यक्ष नरेश बमले उक्त कोषमा २० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले वडा अध्यक्ष निर्वाचित भएदेखि पद नसकिउञ्जेलसम्मको सरकारी तलब नलिने बरु त्यो पैसाले एम्बुलेन्स खरिद गरेर वडा वासीको जीवन रक्षाका लागि योगदान दिने घोषणा गरिसकेका छन् । ‘म पनि मिडियाकर्मीको अत्यन्तै सम्मान गर्दछु । मैले यो अक्षय कोषमा रकम जम्मा गर्न पाउनु मेरोलागि महत्वपूर्ण अवसर हो ।’ अध्यक्ष बलमे भने, ‘यसबाट थोरै भएपनि संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशलाई कोष निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्दछु ।’

अक्षय कोष स्थापनामा सहयोग जुटदै

किसानलाई मलको अभाव

अक्षय कोष स्थापनामा सहयोग जुटदै

सल्यानमा काँग्रेस प्रवेश गर्नेको लर्को

Leave a comment

Your email address will not be published. Required fields are marked *