पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु, ६ जना वेपत्ता

सुर्खेत, १३ साउन ।

कालिकोटमा सोमवार राति देखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । तुसारखोलामा आएको पहिरोले टेकबहादुर टमटाको घर बगाउँदा घरमा बस्न आएकी महाँवीर शाहीकी १४ वर्षीय छोरी बेलपुरा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरोमा परी अन्य ६ जना वेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । पहिरोमा परी मयसरा टमटा र उनकी छोरी यसोदा टमटा घाइते भएका छन् । पहिरोले चार घर बगाएको छ । वर्षाका कारण रास्कोट नगरपालिका १ का जयबहादुर शाहीको घर बगाउँदा उनको परिवारसहित पाहुना आएका आफन्त वेपत्ता भएका हुन् ।

राति घरमा सुतिरहेको अवस्थामा पहिलोले घर बगाउँदा ५० वर्षका जयबहादुर शाही, उनका छोरीहरु संगीता शाही, कौसी शाही, ८ वर्षीय छोरा नविन शाही र भदै नाता पर्ने डम्बरबहादुर शाहीको १५ वर्षीय छोरी अस्मिता शाही वेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु, ६ जना वेपत्ता

ओलीलाई पाँच वर्ष प्रधानमन्त्री रहने नेता गौतमको

पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु, ६ जना वेपत्ता

कर्णालीमा १६६९ जना कोरोना संक्रमित डिष्चार्ज

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds