ओलीलाई पाँच वर्ष प्रधानमन्त्री रहने नेता गौतमको प्रस्ताव

काठमाडौं, १३ साउन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।

उपाध्यक्ष गौतमले सहमतिका लागि ६ बुँदे प्रस्ताव पेस गरेका हुन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पनि गरेका छन् ।

पार्टीको विग्रह तत्कालका लागि रोक्न भन्दै गरिएको प्रस्तावमा प्रधानमन्त्री ओलीका दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने उल्लेख छ ।

यस्तै पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने तथा आउँदो दिनमा पार्टीको बैठक पार्टी कार्यालयहरुमा गर्ने प्रस्ताव छ ।

संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने पनि उनको प्रस्ताव छ । पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि नेता गौतमको प्रस्तावमा उल्लेख छ ।

हेर्नुस् प्रस्ताव

(उज्यालो अनलाइनबाट साभार)

ओलीलाई पाँच वर्ष प्रधानमन्त्री रहने नेता गौतमको प्रस्ताव

सुनको मुल्य तोलाको ९८ हजार नाघ्यो

ओलीलाई पाँच वर्ष प्रधानमन्त्री रहने नेता गौतमको प्रस्ताव

पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु, ६

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds