पूर्व डीआईजी रञ्जनको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने

काठमाडौं, ११ साउन ।

सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालाको कैद छुट फैसलाको औचित्यमाथि आज सुनुवाइ हुने भएको हो ।

श्रीमतीको हत्यामा दोषी ठहर कोइरालाको सजाय घटाउने गरी सर्वोच्चको अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला भएको भन्दै पुनरावलोकनको निवेदन दिएको थियो ।

अब के हुन्छ ?

फैसलामा गल्ती भएको लागेमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिनेछ । अनुमति नदिएमा यो मुद्दाको औचित्य सकिनेछ । विगतमा पनि पुनरावलोकनबाट कतिपय मुद्दाका फैसला उल्टिएका छन् । पुनरावलोकनका लागि छुट्टै इजलास गठन हुन्छ । कुनै मुद्दाको पुनरावलोकन माग गरिए पहिले फैसला वा अन्तिम आदेश गर्ने न्यायाधीश बाहेकको इजलासबाट हेर्ने व्यवस्था छ । यसअघि मुद्दा हेरिसकेका सात जनाबाहेकका न्यायाधीशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्नेछन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसहित न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, सुष्मलता माथेमा, मनोजकुमार शर्मा, आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लले यो निवेदनमाथि सुनुवाइ र निर्णय गर्न पाउने छैनन् ।

सर्वोच्च्का बाँकी नौ जनाले मात्र यो मुद्दाको सुनुवाइ गर्नेछन् । पुनरावलोकनमा सुनुवाइ मात्र हुन्छ । अनुमति दिइएमा मात्र कोइरालालाई म्याद तामेल गर्ने, तारेखमा बोलाउने र बहस गर्ने प्रक्रिया अगाडि बढ्छ ।संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

(उज्यालो अनलाइनबाट साभार)

पूर्व डीआईजी रञ्जनको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने

भोलि रातिदेखि मनसुन फेरि सक्रिय हुने

पूर्व डीआईजी रञ्जनको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने

YUGAAWHAN NATIONAL DAILY (2077-04-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *