महिला प्रधानमन्त्री कप प्रतियोगिता खेल्न कर्णालीको टोली घोषणा

सुर्खेत, १० पुस ।

दाङको लमही देउखुरी क्रिकेट मैदानमा हुने महिला प्रधानमन्त्री राष्ट्रिय टी – २० किकेट प्रतियोगिताको लागि कर्णाली प्रदेशले आफ्नो टोली घोषणा गरेको छ ।

पीएम कप महिला पुस ११ देखि १९ गतेसम्म चल्ने छ । कर्णालीले लक्ष्मी रिमालको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । कर्णाली समूह ए मा छ । समूह ए मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश छन् । कर्णालीले पहिलो खेल पुस ११ मा एपिएफसँग खेल्ने छ ।

पुस १२ मा कर्णाली प्रदेशले लुम्बिनीसँग खेल्ने छ । पुस १३ मा आफ्नो समूह चरणको अन्तिम खेल लुम्बिनीसँग खेल्ने छ । समूह चरणमा शीर्ष दुईमा रहन सक्ने पुस १७ मा सेमिफाइनल खेल्ने छ ।

कर्णाली प्रदेशको टोली 

लक्ष्मी रिमाल (कप्तान), अन्शु शाक्य (उप कप्तान), स्वेता थापा, दीक्षा पुरी, लक्ष्मी पुरी, दीपा राना, तृसना विश्वकर्मा, आयुशा टन्डन, निशा पराजुली, विना गाहामगर, अन्जिला थापा क्षेत्री, मोनिका राना, अन्जु गुरुङ र सुजाता बोगटी ।

वैकल्पिक :

शर्मिला ज्ञवाली र खिना केसी

ब्यवस्थापक : भुवन कोइराला

प्रशिक्षक : रोशन शाही

महिला प्रधानमन्त्री कप प्रतियोगिता खेल्न कर्णालीको टोली घोषणा

भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *