मुगु अस्पतालमा १३ जनाको सफल प्रसुति शल्यक्रिया
मुगु, १० मंसिर ।
जिल्ला अस्पताल मुगुमा चालु आिर्थक वर्ष २०७७।०७८ को साउन पहिलो हप्तादेखि हालसम्म १३ जनाको सफल प्रसुति शल्यक्रियामा भएको छ ।
जिल्ला अस्पताल मुगुले साउन पहिलो हप्तादेखि प्रसुति शल्यक्रिया सुरु गरेपछि हालसम्म १३ जनाको सफल शल्यक्रिया गरेको र २० जनालाई अस्पतालमा भर्ना गरि प्रसुति सेवा प्रदान गरेको अस्पतालका सुचना अधिकारी परशुराम नेपालीले जानकारी दिए ।
जिल्ला अस्पतालमा विगतमा प्रसुति सेवा लिन आउनेले विशेषज्ञ सेवा नपाउँदा ज्यान जोखिममा राख्नुपर्ने बाध्यता थियो । सूचना अधिकारी नेपालीका अनुसार अहिलेसम्म जिल्ला अस्पतालबाट १ सय २४ जना महिलाले प्रसुति सेवा लिई सकेका छन् ।