आईएमई लाइफद्धारा एजेन्सी म्यानेजरलाई सम्मान

सुर्खेत, १० साउन ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लि.सुर्खेत शाखाले उत्कृष्ट र नवनियुक्त एजेन्सी म्यानेजरलाई सम्मान गरेको छ ।
आईएमईले शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी १७ जना उत्कृष्ट र १४ जना नवनियुक्त एजेन्सी म्यानेजरलाई सम्मान गरेको हो ।

उनीहरुलाई खादा ओडायर प्रमाणपत्रसहित सम्मान गरिएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेतका प्रशासन प्रमुख मिलन कंडेलले जानकारी दिए । उनले एजेन्सी म्यानेजरहरुलाई प्रोत्साहन गर्नका लागि सम्मान गरिएको जानकारी दिए ।

कार्यक्रममा उत्कृष्ट एजेन्सीमा चिप एजेन्सी म्यानेजर राजकुमारी पाण्डे, बलबहादुर केसी, डम्मर विक्रम कार्की, गीताकुमारी कार्की, लक्ष्मीकान्त पाण्डे, खगेन्द्रप्रसाद अधिकारी, कल्पना शर्मा (खड्का), लक्ष्मी गुरुङ, मानकुमारी रोकाय, खेमराज देवकोटा, वीरेन्द्रबहादुर सिंह, गोविन्द्रप्रसाद प्याकुरेल, चन्द्राकुमारी सलामी मगर, रनबहादुर रोकाय, स्वयमप्रकाश मल्ल र पुर्णाकुमारी बडुवाल भेदीलाई सम्मान–पत्र वितरण गरिएको थियो ।

यस्तै, नवनियुक्त एजेन्सी म्यानेजरहरुमा अरुणा बुढा, हरि हमाल, दिपा बनजाडे, सरु गुरुङ, अनिता बुढा, गणेशकुमारी बुढा, राजेश योगी, पशुपति बुढा, धनसरा राना, बिमला हमाल, रामहरि आचार्यलाई खाता ओढाएर सम्मान गरिएको थियो । साथै स्किममा छनोट भएका एजेन्सीहरुलाई जेन्सी स्किमसमेत वितरण गरिएको थियो ।

त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेतका एरिया शाखा प्रमुख धीरेन्द्र बहादुर शाहीले एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेका हुन् । उनले आईएमई ग्रुपको बारेमा चर्चा गर्दै जीवन विमाको कार्यमा समुहगत रुपमा काम गर्नका लागि उत्प्रेरणा प्रदान गरेका थिए ।

एजेन्सी म्यानेजर खगेन्द्र प्रसाद अधिकारीले आफु सम्मानित भएकोमा खुसी व्यक्त गर्दै सामुहिक रुपमा काम गर्दा सफलता हात पर्ने बताए । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेत शाखा प्रमुख हस्तराज रेग्मीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

आईएमई लाइफद्धारा एजेन्सी म्यानेजरलाई सम्मान

कोरोना संक्रमणबाट एक किशोरीको मृत्यु

आईएमई लाइफद्धारा एजेन्सी म्यानेजरलाई सम्मान

भोलि रातिदेखि मनसुन फेरि सक्रिय हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *