कृषिका योजनामा चरम अनियमितता, वडाध्यक्षको किर्ते हस्ताक्षरमा लाखौ रकम भुक्तानी
कालीकोट १० साउन ।
कृषि विकास कार्यालय कालीकोटले कार्य सम्पन्न नभएकै योजनामा लाखौ रुपैयाँ भुक्तानी गरको छ । सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ मा रहेको कालिका प्रारम्भिक उत्पादन कृषक समहुलाई कृषि विकास कार्यालयले कागजमा योजना सम्पन्न भएको प्िरतवेदनका आधारमा २२ लाख रुपैयाँ भक्तुानी दिइएको हो ।
सान्नित्रिवेणाी गाउँपालिकालाई अर्गानिक नमुना गाउँ कार्यक्रम अन्तर्गत कृषि विकास कार्यालयको २२ लाख ४२ हजारको योजनामा कृषि विकास कार्यालयले २२ लाख ८ हजार ३ सय ७० रुपैयाँ भुक्तानी दिएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा कर्णाली प्रदेश सरकारका मार्फत सञ्चालित अधिकांश योजनाहरु सम्पन्न नहुँदै कृषि विकास कार्यालयले भुक्तानी दिएको बताईएको छ । अर्गानिक नमनुा गाउँ कार्यक्रम अन्तर्गत काम नभएर रकम भुक्तानी दिएको सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेश बमले बताए । सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ मा रहेको कालिका प्रारम्भिक उत्पादन कृषक समुहका अध्यक्ष ललिजन बमले वडाध्यक्ष नरेश बमको किर्ते हस्ताक्षर गरेर लाखौ रकम भुक्तानी लिएको वडाध्यक्ष वमले बताए ।
योजना सम्पन्नका लागि वडाध्यक्षले सिफारिस गर्नु पर्ने भएपनि कृषक समुहका अध्यक्ष बमले गाउँपालिकाको सिफारिसमा वडाध्यक्ष नरशे बमको किर्ते हस्ताक्षर गरि २२ लाख ८ हजार ३ सय ७० भक्तुानी लिएका हनु् । वडाध्यक्षलाई पटक पटक सिफारिसका लागि आगह्र गर्दा नगरिदिए पछि आफुले किर्ते हस्ताक्षर गरेर रकम भुक्तानी लिएको बमले बताए । उनले भने ‘वडाध्यक्ष नरेश बमले सिफारिस दिनका लागि योजनाको १० प्िरतशत रकम मागेपछि आफुले दिन नसक्ने भएकाले किर्ते हस्ताक्षर गरेको हुँ ।’ आफुसंग १० प्रतिशत मागेको कुनै पनि प्रमाण नभएको तर बाटोमा वडाध्यक्षले १० प्रतिशत दिने भए सिफारिस दिने भनेको बमको आरोप छ । यता वडाध्यक्ष नरेश बमले आफलुे कनुै पनि उपभोक्ता समितिबाट रकम नमागको बताए । उनका अनसुार कालिका प्रारम्भिक उत्पादन कृषक समहुले कार्य सम्पन्नल नगरेरै सिफारिस माग्न आएकाले आफलुे नदिएको उनको भनाई छ ।
‘योजनाको काम सम्पन्न नहुँदै सम्पन्न भएको सिफारिस मागे पछि मैले सिफारिस नदिएको हुँ’ उनले भने, ‘१० प्रतिशत रकम मागेको प्रमाणित गरे कार्वाही भोग्न तयार छु ।’ योजनाको काम सम्पन्न नहुँदै कार्य सम्पन्न भएको सिफरिस मागे पछि नदिँदा कमसिन मागेको आरोप लगाएको वडाध्यक्ष वमले बताए । आफ्नो किर्ते हस्ताक्षर र सरकारी छापको दुरुपयोग गरेकाले कृषि विकास कार्यालयका कर्मचारी र कृषक समुहका पदाधिकारीविरुद्ध न्यायलयमा जाने वडाध्यक्ष वमको भनाई छ ।
कृषि विकास कार्यालयले अर्गानिक नमुना गाउँ कार्यक्रम अन्तर्गत चाहिने सामाग्री योजनास्थल नपुग्दै भुक्तानी दिएको छ । कालीकोट जिल्लामा सञ्चालित अधिकाँश योजनाको सामाग्री नआएरै कृषि विकास कार्यालयले भुक्तानी दिएको छ । कतिपय योजनाका सामाग्री बाटोमा नै थन्किएका छन् तर ती योजनाको पुरा भुक्तानी कार्यालयले दिएको छ ।
कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले लकडाउनका कारण अधिकाँश योजनाको अनुगमन गर्न नसकेको जनाए । उनले भने, ‘हामीलाई पनि थाहा छ कुनै पनि योजनाको कार्य सम्पन्न भएको छैन तर पनि हामीले भुक्तानी दिनुपर्ने बाध्यता भयो ।’ अघिल्लो बर्ष पनि यस कार्यालय मार्फत आएका योजनाहरुमा व्यापक अनियमितता भएपछि कृर्षि तथा सहकारी मन्त्रालयले, कडा निगरानी थालेपनि यस वर्षपनि अधिकांस योजनाहरुमा कार्यालयको र उपभोक्ता समितिको मिलोमतोमा कार्य सम्पन्न नभएकै भुक्तानि दिँदा यस्तो आरोप लाग्ने गरेको छ ।
(मालिका पोष्ट दैनिकबाट साभार)