परीक्षा नै छोडेर युद्ध लड्न गएँ

हरेक व्यक्तिमा सोच र विचारहरु फरक हुन्छन् । सबैलाई एउटै पेशा वा काम पनि मन पर्दैन । तर जुन व्यक्तिलाई जहाँ मनदेखि केही गर्छु भन्ने भावनाको विकास हुन्छ । वा आँट आउछ । तब उसले थालेका प्रयास पनि सफल बन्दै जान्छन् । यस्तै मध्येका एक पात्र हुन्, नेकपा सुर्खेतका सचिव कृष्ण जिसी । राजनीतिको माध्ययमबाट समाज सेवा गर्नुपर्छ भन्ने उनको भावना छ । स्कुलबाटै विद्यार्थी राजनीति सुरु गरेका उनले भुमिगत राजनीति पनि गरे । प्रस्तुत छ, आजको जम्काभेटमा उनको जीवन संघर्षको अनुभव र भोगाइ उनकै शब्दमाः

दियालो बालेर पढ्थेँ
सुर्खेतको चिंगाड गाउँपालिका–३ मा मेरो जन्म भएको हो । बुवा दिलबहादुर घर्ती र आमा नैनसरा घर्तीको कोखबाट २०३६ साल बैशाख ३ गते जन्मिएँ । म किसान परिवारमा जन्मिएकाले मेरो बाल्यकाल पढ्दै घरको काम गर्दै बित्यो । बिहानबेलुका काम गर्ने र दिनमा पढ्ने गथ्र्येँ । दियालो बालेर पढ्नुपथ्र्यो । प्रावि तहसम्म कालोपाटी बोकेर स्कुल जान्थ्यँे । निमावि र माविमा पुगेपछि बल्ल कापी र कलम देखियो ।
कामले घरमा पढ्ने वातावरण हँुदैन थियो । स्कुलमा पढेकै भरमा परीक्षा दिन्थ्येँ । धेरै पटक स्कुलबाट भागेर खोलामा पौडी खेल्नेदेखि जंगलतिर चरा मार्न गएको याद आउँछ अहिले पनि । २०५३ सालमा एसएलसी दिएपछि २०५४ मा अंग्रेजी बिषय लिएर शिक्षा क्याम्पस सुर्खेतमा भर्ना भएँ । त्योबेला पढढाइ खर्च व्यवस्थापनका लागि आर्थिक समस्या हुन्थ्यो । दाजुहरु पनि पढ्ने भएकाले जेनतेन आफ्नो समस्या आफै समाधान गर्ने भन्ने हुन्थ्यो ।
विद्यार्थीबाटै राजनीतिक यात्रा
स्कुलमा रेडक्रसले जुनियर सर्कल गठन गर्दादेखि नै मैले विद्यार्थी राजनीति गर्न सुरु गरेको हँु । तत्कालिन नेकपा एमाले अन्र्तगत अनेरास्ववियूमा आबद्ध भएर २०५३ मा इलाका कमिटि अध्यक्ष भएँ । २०५४ मा पार्टी सदस्यका लागि पहल गरेँ । तर उमेर कम भएकाले पाइँन । २०५४ मै कम्यूनिष्ट एकता हुँदै माओबादीको संगठन विस्तार हुँदै थियो । त्योबेला माओवादी विचारधारासँग मेरो विचार मिलेपछि माओवादीको विद्यार्थी संगठनमा आबद्ध भएँ । क्याम्पसमा इन्टरमा दोस्रो वर्ष पढ्दै थिएँ । २०५५ सालको कुरा हो, माओवादी संगठनसँग आबद्ध हुनेलाई प्रहरीले दुख दिन्थ्यो । क्याम्पसबाटै गिरप्तार गर्दथ्यो ।
परीक्षाको बेला पनि लुकेर गएर परीक्षा दिएर भाग्ने गथ्र्यँे । त्यती गर्दा पनि प्रहरी गेटमा बसेको हुन्थ्यो । पछि ठुलै तयारीका साथ गिरप्तार गर्ने तयारी भएपछि म भुमिगत हुन बाध्य भएँ । त्योबेला म अखिल क्रान्तीकारी विद्यार्थी संगठनको जिल्ला संयोजक थिएँ । तर शान्ती सम्झौता पछि पुन क्याम्पस भर्ना भएर राजनीतिक शास्त्रबाट मैले स्नातकोत्तर पढेको छु । राजनैतिक यात्राको क्रममा भुमिगतपछि २०५६ सालमा म माओवादीले गठन गरेको स्क्वाईड सेना टिमको सहकमाण्डर, कमाण्डर हुँदै सेक्सन कमाण्डर हुन सफल भएँ । २०५८ मा जिल्ला सचिवालय कमिटि डिसीएम भएँ । जिल्लाको सैन्य हेडक्वाटर इन्चार्ज, ५४ नम्बर प्लाटुन इन्चार्जको रुपमा पनि काम गरँे । २०५९ मा पार्टीको उपव्यूरो कमिटिमा आएँ । पुन २०६० मा सेनामा गएर बटालीयन कमिसार भएँ । सैन्यव्यूरो सचिवालय सदस्य हुँदै ६१ असोजमा ब्रिगेट कमाण्डर भएँ ।
युद्ध लड्ने प्रेरणा
गाउँ र सहरको जीवन । राज्यको व्यवहारका कारण अब आन्दोलनबाटै हाम्रा माग सम्बोधन हुन्छन् भन्ने मेरो बाल मष्तिकमै सोचाइ थियो । यसैकारण मलाइ समाज परिवर्तनका लागि राजनीति गर्नुपर्छ र तत्कालको अवस्था अनुसार युद्ध लड्नुपर्छ भन्ने आफै उत्प्रेरणा मिलेको हो । युद्धमा गएका धेरै साथी पनि गुमेका छन् । सहिदहरुको योगदानले आज देश बनेको हो ।
उनीहरुका सपना पुरा गर्न राज्यले सही निर्णय नगरे सहिदको अपमान हुन्छ । त्यो युद्ध आफैमा जोखिम थियो । बलियो राज्यसँग सामान्य अतियारले लड्न सकिने अवस्था थिएन । तर बैचारिक आँट भने हतियारको शक्तिभन्दा धेरै थियो । आज लडाइँले एउटा व्यवस्था बदलियो । तर धेरै काम गर्न बाँकी छ । नेकपासँग दुई तिहाई छ । तर काम गर्न सकेको छैन । अब जनतामा समान हक र समान पहुँज पुग्नुपर्छ । आर्थिक रुपमा नागरिकलाई बलियो बनाउनुपर्छ । जनयुद्धभन्दा पहिले समाजमा सामन्तीहरुल जनतामा उपनिवेश कायम गरेका थिए । अहिले त्यो अन्त्य भयो । तर अहिले वैदेशिक हस्तक्षेप छ । यो हस्तक्षेप रोकेर खुसी र सुखी नेपाली समृद्ध देश बनाउने बाटोमा लाग्नुपर्छ ।
जनवादी विवाह
२०६२ सालमा मेरो विवाह भएको हो । अहिले मेरो एउटा छोरी छन् । माओवादी पार्टीमै मेरो जनवादी विवाह भएको हो । मेरो श्रीमती अखिल परीक्षा नै छोडेर युद्ध लड्न गएँ हरेक व्यक्तिमा सोच र विचारहरु फरक हुन्छन् । सबैलाई एउटै पेशा वा काम पनि मन पर्दैन । तर जुन व्यक्तिलाई जहाँ मनदेखि केही गर्छु भन्ने भावनाको विकास हुन्छ । वा आँट आउछ । तब उसले थालेका प्रयास पनि सफल बन्दै जान्छन् । यस्तै मध्येका एक पात्र हुन्, नेकपा सुर्खेतका सचिव कृष्ण जिसी । राजनीतिको माध्ययमबाट समाज सेवा गर्नुपर्छ भन्ने उनको भावना छ । स्कुलबाटै विद्यार्थी राजनीति सुरु गरेका उनले भुमिगत राजनीति पनि गरे ।
कृष्ण जिसी, सचिव, नेकपा, सुर्खेत नेपाल क्रान्तीकारी विद्यार्थी संगठन र महिला संगठनमा आबद्ध थिइन् । उनको माइती घर दैलेख हो । हामी उमेरले परिपक्क भएकाले मैले विवाह गर्न प्रस्ताव गरेँ । उनले पनि स्विकार्यपछि एक, दुई वटा चिठिपत्र आदानप्रदान भयो । त्यसपछि धेरै नकुरेरै हामीले विवाह गर्ने निर्णय गर्यौ ।
तर विवाहपछि पार्टीको कामले मोर्चामा खटिनुपर्ने भएकाले सँगै बस्न पाइएन । विवाह भएको दुई दिनमै हामी छुट्नु परेको थियो । बिचमा एकपटक म पाल्पाको लडाइँमा घाइते हुदाँ उनी भेट्न आएकी थिइन् । शान्ती प्रक्रियापछि मात्रै २०६४ पछि हाम्रो भेट भयो । दोस्रो संविधान सभाको निर्वाचनमा दैलेखबाट उनी समानुपातिक सांसद बन्न सफल भइन् । जनवादी विवाह गरे पनि हामी निकै खुसी छौं ।
अबको बाटो
विचार, राजनीतिक कार्यदिशा र विधि मिलेपछि मात्रै पार्टीको व्यवस्थापनमा सजिलो हुन्छ । माक्सवाद, लेलिनवादलाई आत्मसाथ गर्ने व्यक्तिहरु कम्युनिष्ट पार्टीमा हुनुपर्छ । राजननीतिक कार्यदिशा सही भयो र सबैले त्यसको अनुशरण गरेभने व्यवस्थापनमा पनि सजिलो हुन्छ । म व्यक्तिगत रुपमा यो बन्छु, उ बन्छु भन्दिन । तर पार्टीले जे जिम्मेवारी दिन्छ, म त्यसै अनुसार काम गर्छु ।
पार्टीलाई सुदृढ र व्यवस्थित बनाउन भुमिका खेल्नेछु । व्यक्तिगत हिसावले जनता मलाइ के भन्छन् थाहा छैन, तर मैले भ्रष्टाचार शुन्यसहनशिलता कायम गर्न भुमिका खेलेको छु । मान्छेको भौतिक जीवन परिवर्तन हुनुको पछि उसको आयस्रोत के कती छ, भन्ने कुराले अकुत सम्पती कमाएको पृष्टी हुन्छ । कुनै पार्टीमा मात्रै होइन, राज्यका हरेक संरचनामा भ्रष्टाचार गर्न दिनु हँुदैन । जीवन संघर्षका धेरै कुरा भन्नु छ । सबै लेखौ भने एउटा पुस्तक नै बन्छ । संक्षेपमा भए पनि अनुभव सुनाउने मौका दिनुभएकोमा धन्यबाद ।
(२०७७ साउन ९ गते शुक्रबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)






