परीक्षा नै छोडेर युद्ध लड्न गएँ

हरेक व्यक्तिमा सोच र विचारहरु फरक हुन्छन् । सबैलाई एउटै पेशा वा काम पनि मन पर्दैन । तर जुन व्यक्तिलाई जहाँ मनदेखि केही गर्छु भन्ने भावनाको विकास हुन्छ । वा आँट आउछ । तब उसले थालेका प्रयास पनि सफल बन्दै जान्छन् । यस्तै मध्येका एक पात्र हुन्, नेकपा सुर्खेतका सचिव कृष्ण जिसी । राजनीतिको माध्ययमबाट समाज सेवा गर्नुपर्छ भन्ने उनको भावना छ । स्कुलबाटै विद्यार्थी राजनीति सुरु गरेका उनले भुमिगत राजनीति पनि गरे । प्रस्तुत छ, आजको जम्काभेटमा उनको जीवन संघर्षको अनुभव र भोगाइ उनकै शब्दमाः

दियालो बालेर पढ्थेँ

सुर्खेतको चिंगाड गाउँपालिका–३ मा मेरो जन्म भएको हो । बुवा दिलबहादुर घर्ती र आमा नैनसरा घर्तीको कोखबाट २०३६ साल बैशाख ३ गते जन्मिएँ । म किसान परिवारमा जन्मिएकाले मेरो बाल्यकाल पढ्दै घरको काम गर्दै बित्यो । बिहानबेलुका काम गर्ने र दिनमा पढ्ने गथ्र्येँ । दियालो बालेर पढ्नुपथ्र्यो । प्रावि तहसम्म कालोपाटी बोकेर स्कुल जान्थ्यँे । निमावि र माविमा पुगेपछि बल्ल कापी र कलम देखियो ।

कामले घरमा पढ्ने वातावरण हँुदैन थियो । स्कुलमा पढेकै भरमा परीक्षा दिन्थ्येँ । धेरै पटक स्कुलबाट भागेर खोलामा पौडी खेल्नेदेखि जंगलतिर चरा मार्न गएको याद आउँछ अहिले पनि । २०५३ सालमा एसएलसी दिएपछि २०५४ मा अंग्रेजी बिषय लिएर शिक्षा क्याम्पस सुर्खेतमा भर्ना भएँ । त्योबेला पढढाइ खर्च व्यवस्थापनका लागि आर्थिक समस्या हुन्थ्यो । दाजुहरु पनि पढ्ने भएकाले जेनतेन आफ्नो समस्या आफै समाधान गर्ने भन्ने हुन्थ्यो ।

विद्यार्थीबाटै राजनीतिक यात्रा

स्कुलमा रेडक्रसले जुनियर सर्कल गठन गर्दादेखि नै मैले विद्यार्थी राजनीति गर्न सुरु गरेको हँु । तत्कालिन नेकपा एमाले अन्र्तगत अनेरास्ववियूमा आबद्ध भएर २०५३ मा इलाका कमिटि अध्यक्ष भएँ । २०५४ मा पार्टी सदस्यका लागि पहल गरेँ । तर उमेर कम भएकाले पाइँन । २०५४ मै कम्यूनिष्ट एकता हुँदै माओबादीको संगठन विस्तार हुँदै थियो । त्योबेला माओवादी विचारधारासँग मेरो विचार मिलेपछि माओवादीको विद्यार्थी संगठनमा आबद्ध भएँ । क्याम्पसमा इन्टरमा दोस्रो वर्ष पढ्दै थिएँ । २०५५ सालको कुरा हो, माओवादी संगठनसँग आबद्ध हुनेलाई प्रहरीले दुख दिन्थ्यो । क्याम्पसबाटै गिरप्तार गर्दथ्यो ।

परीक्षाको बेला पनि लुकेर गएर परीक्षा दिएर भाग्ने गथ्र्यँे । त्यती गर्दा पनि प्रहरी गेटमा बसेको हुन्थ्यो । पछि ठुलै तयारीका साथ गिरप्तार गर्ने तयारी भएपछि म भुमिगत हुन बाध्य भएँ । त्योबेला म अखिल क्रान्तीकारी विद्यार्थी संगठनको जिल्ला संयोजक थिएँ । तर शान्ती सम्झौता पछि पुन क्याम्पस भर्ना भएर राजनीतिक शास्त्रबाट मैले स्नातकोत्तर पढेको छु । राजनैतिक यात्राको क्रममा भुमिगतपछि २०५६ सालमा म माओवादीले गठन गरेको स्क्वाईड सेना टिमको सहकमाण्डर, कमाण्डर हुँदै सेक्सन कमाण्डर हुन सफल भएँ । २०५८ मा जिल्ला सचिवालय कमिटि डिसीएम भएँ । जिल्लाको सैन्य हेडक्वाटर इन्चार्ज, ५४ नम्बर प्लाटुन इन्चार्जको रुपमा पनि काम गरँे । २०५९ मा पार्टीको उपव्यूरो कमिटिमा आएँ । पुन २०६० मा सेनामा गएर बटालीयन कमिसार भएँ । सैन्यव्यूरो सचिवालय सदस्य हुँदै ६१ असोजमा ब्रिगेट कमाण्डर भएँ ।

युद्ध लड्ने प्रेरणा

गाउँ र सहरको जीवन । राज्यको व्यवहारका कारण अब आन्दोलनबाटै हाम्रा माग सम्बोधन हुन्छन् भन्ने मेरो बाल मष्तिकमै सोचाइ थियो । यसैकारण मलाइ समाज परिवर्तनका लागि राजनीति गर्नुपर्छ र तत्कालको अवस्था अनुसार युद्ध लड्नुपर्छ भन्ने आफै उत्प्रेरणा मिलेको हो । युद्धमा गएका धेरै साथी पनि गुमेका छन् । सहिदहरुको योगदानले आज देश बनेको हो ।

उनीहरुका सपना पुरा गर्न राज्यले सही निर्णय नगरे सहिदको अपमान हुन्छ । त्यो युद्ध आफैमा जोखिम थियो । बलियो राज्यसँग सामान्य अतियारले लड्न सकिने अवस्था थिएन । तर बैचारिक आँट भने हतियारको शक्तिभन्दा धेरै थियो । आज लडाइँले एउटा व्यवस्था बदलियो । तर धेरै काम गर्न बाँकी छ । नेकपासँग दुई तिहाई छ । तर काम गर्न सकेको छैन । अब जनतामा समान हक र समान पहुँज पुग्नुपर्छ । आर्थिक रुपमा नागरिकलाई बलियो बनाउनुपर्छ । जनयुद्धभन्दा पहिले समाजमा सामन्तीहरुल जनतामा उपनिवेश कायम गरेका थिए । अहिले त्यो अन्त्य भयो । तर अहिले वैदेशिक हस्तक्षेप छ । यो हस्तक्षेप रोकेर खुसी र सुखी नेपाली समृद्ध देश बनाउने बाटोमा लाग्नुपर्छ ।

जनवादी विवाह

२०६२ सालमा मेरो विवाह भएको हो । अहिले मेरो एउटा छोरी छन् । माओवादी पार्टीमै मेरो जनवादी विवाह भएको हो । मेरो श्रीमती अखिल परीक्षा नै छोडेर युद्ध लड्न गएँ हरेक व्यक्तिमा सोच र विचारहरु फरक हुन्छन् । सबैलाई एउटै पेशा वा काम पनि मन पर्दैन । तर जुन व्यक्तिलाई जहाँ मनदेखि केही गर्छु भन्ने भावनाको विकास हुन्छ । वा आँट आउछ । तब उसले थालेका प्रयास पनि सफल बन्दै जान्छन् । यस्तै मध्येका एक पात्र हुन्, नेकपा सुर्खेतका सचिव कृष्ण जिसी । राजनीतिको माध्ययमबाट समाज सेवा गर्नुपर्छ भन्ने उनको भावना छ । स्कुलबाटै विद्यार्थी राजनीति सुरु गरेका उनले भुमिगत राजनीति पनि गरे ।

कृष्ण जिसी, सचिव, नेकपा, सुर्खेत नेपाल क्रान्तीकारी विद्यार्थी संगठन र महिला संगठनमा आबद्ध थिइन् । उनको माइती घर दैलेख हो । हामी उमेरले परिपक्क भएकाले मैले विवाह गर्न प्रस्ताव गरेँ । उनले पनि स्विकार्यपछि एक, दुई वटा चिठिपत्र आदानप्रदान भयो । त्यसपछि धेरै नकुरेरै हामीले विवाह गर्ने निर्णय गर्यौ ।

तर विवाहपछि पार्टीको कामले मोर्चामा खटिनुपर्ने भएकाले सँगै बस्न पाइएन । विवाह भएको दुई दिनमै हामी छुट्नु परेको थियो । बिचमा एकपटक म पाल्पाको लडाइँमा घाइते हुदाँ उनी भेट्न आएकी थिइन् । शान्ती प्रक्रियापछि मात्रै २०६४ पछि हाम्रो भेट भयो । दोस्रो संविधान सभाको निर्वाचनमा दैलेखबाट उनी समानुपातिक सांसद बन्न सफल भइन् । जनवादी विवाह गरे पनि हामी निकै खुसी छौं ।

अबको बाटो

विचार, राजनीतिक कार्यदिशा र विधि मिलेपछि मात्रै पार्टीको व्यवस्थापनमा सजिलो हुन्छ । माक्सवाद, लेलिनवादलाई आत्मसाथ गर्ने व्यक्तिहरु कम्युनिष्ट पार्टीमा हुनुपर्छ । राजननीतिक कार्यदिशा सही भयो र सबैले त्यसको अनुशरण गरेभने व्यवस्थापनमा पनि सजिलो हुन्छ । म व्यक्तिगत रुपमा यो बन्छु, उ बन्छु भन्दिन । तर पार्टीले जे जिम्मेवारी दिन्छ, म त्यसै अनुसार काम गर्छु ।

पार्टीलाई सुदृढ र व्यवस्थित बनाउन भुमिका खेल्नेछु । व्यक्तिगत हिसावले जनता मलाइ के भन्छन् थाहा छैन, तर मैले भ्रष्टाचार शुन्यसहनशिलता कायम गर्न भुमिका खेलेको छु । मान्छेको भौतिक जीवन परिवर्तन हुनुको पछि उसको आयस्रोत के कती छ, भन्ने कुराले अकुत सम्पती कमाएको पृष्टी हुन्छ । कुनै पार्टीमा मात्रै होइन, राज्यका हरेक संरचनामा भ्रष्टाचार गर्न दिनु हँुदैन । जीवन संघर्षका धेरै कुरा भन्नु छ । सबै लेखौ भने एउटा पुस्तक नै बन्छ । संक्षेपमा भए पनि अनुभव सुनाउने मौका दिनुभएकोमा धन्यबाद ।
(२०७७ साउन ९ गते शुक्रबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)

परीक्षा नै छोडेर युद्ध लड्न गएँ

उपचारको अभावमा घरमा छटपटाउँदै मृगौलापीडित गुरुङ्ग

परीक्षा नै छोडेर युद्ध लड्न गएँ

चार महिनापछि चले सार्वजनिक गाडी, सावधानी अपनाउँदै,

Leave a comment

Your email address will not be published. Required fields are marked *