उपचारको अभावमा घरमा छटपटाउँदै मृगौलापीडित गुरुङ्ग

सुर्खेत, ९ साउन ।

वीरेन्द्रनगर–१२ का जितप्रसाद गुरुङ्ग मृगौला रोगबाट पीडित छन् । दुबै मृगौलाले काम गर्न छोडेको झण्डै दुइ वर्ष भइसकेको छ । उपचारका आर्थिक अभाव भएपछि उनी घरमै छटपटाइ रहेका छन् । डाक्टरले मृगौला प्रत्यारोपन गर्न सल्लाह दिएका छन् । तर उनीसँगै मृगौला प्रत्यारोपनका लागि पैसा छैन । सम्पतिको नाममा माइतिले दिएको एक कठ्ठा जमिन र ओत लाग्ने झुपडी मात्रै छ ।

श्रीमातिको समेत हात्त भाँचिएको छ । १४ वर्षे छोरा कमाउन सक्ने भएका छैनन् । ‘सुरुमा माइतिको सहयोगबाट रोग चेक गराएँ तर मृगौला प्रत्यारोपन गर्न धेरै पैसा लाग्ने रहेछ’ गुरुङ्गले भने, ‘डाक्टरले मृयौला प्रत्यारोपन गर भनेका छन्, तर पैसा नभएपछि नियमति डाइलासिस समेत गर्न पाएको छैन ।’ थप उपचारका लागि आर्थिक अभाव भएपछि घरमै बस्नु परेको उनको भनाइ छ ।

यसैबीच वीरेन्द्रनगर–१२ का वडासदस्य चुडामणि चपाइ लगायतले पीडितको उपचारका लागि सहयोग रकम संकल्न अभियान थालेका छन् । गुरुङ्गको जीवन रक्षाको लागि चपाई, समाज सेवी पूर्णप्रसाद पौडेल, मोहन सिंह र टेकबहादुर चुनारा लगायतले आर्थिक संकलन सुरु गरेका छन् ।

बिहीबारसम्म विभिन्न संघसंस्था र नागरिकबाट संकलिनत ९६ हजार रुपैयाँ पीडित गुरुङ्गलाई बुझाइएको वडा सदस्य चपाइले बताए । उनीहरुले मृगौला पीडित गुरुङ्गको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । सहयोगी दाताहरुलाई चपाइले मोवाइल नम्बर ५८५८०३८८७३ मा सम्पर्क गर्न सकिने छ ।

उपचारको अभावमा घरमा छटपटाउँदै मृगौलापीडित गुरुङ्ग

स्याउ खेती असिनाले सखाप, किसान चिन्तित

उपचारको अभावमा घरमा छटपटाउँदै मृगौलापीडित गुरुङ्ग

परीक्षा नै छोडेर युद्ध लड्न गएँ

Leave a comment

Your email address will not be published. Required fields are marked *