स्याउ खेती असिनाले सखाप, किसान चिन्तित

मुगु, ९ साउन ।
मुगु जल्लिाको छायानाथरद्धारा नगरपालकिा–४ ताल्चाका ६२ वर्षीय बाच्या महतारा स्याउ बारीतरि हेरेर नरिाश हुन थालेका छन् । उनको बारीमा पाँचसय बोट स्याउ छन् । तर, यस वर्ष कुनै पनि बोटमा स्याउको दाना लागेको छैन । उनका छिमेकी गोर्ख रावललाई स्याउ नफल्दा जीवीकोपार्जन कसरी गर्ने भन्ने चीन्ताले सताएको छ । उनीहरू मात्र होइन, यस वर्ष स्याउ नफलेपछी छायानाथरारा नगरपालकिाका झण्डै ५ सय किसान समस्यामा परेका छन् ।

गत जेठ पहलिो साता परेको असीनाले फूल्दै गरेका स्याउमा क्षतीि पु¥याएपछी आसपासका क्षेत्रका स्याउ बगैंचा खाली बनेका हुन् । यसपाली स्याउ नफल्ने भयो बारीमा एकसय ८० बोट स्याउका बोट लगाएकी भामले भनिन्, ‘छोराछोरी पढाउन र घरखर्च टार्न समस्या हुने देखयिो ।’ अन्य खाद्यवस्तुको उत्पादन नहुने भएकाले वर्षौदेखि स्याउ बेचेकै रकमले घरखर्च जुटाइरहेको उनले बताइन् । रावलले गत वर्ष तीन ट्रक स्याउ बाहीर पठाएर चार लाख रुपैयाँ कमाएका थीए । ‘यो वर्ष असनिाले रुखमा दाना देख्न मुस्किल भयो’, उनले भने, ‘अन्नबाली छोडेर सबै जग्गामा स्याउ रोपियो असीनाले एक दाना पनि स्याउ बाँकी राखेन ।’ यस वर्ष स्याउ नफलेपछी गाउँका झन्डै दुई सय परविार समस्यामा परेको स्थानीय सुत्त भामले बताए । उनीसहति जगत भाम, हरि रोकाया, बीजुल्ली खत्री र बााचे महतराका बारीमा झन्डै ५÷५ सय स्याउका बोट छन् ।
अहिले नगरपालकिाको मइतु, झापार्गाड, माथीतुम, झयारीलगायत क्षेत्रमा पनि स्याउका रुख नांगै छन् । स्याउ नफलेपछी किसानले नगरपालिका र कृषि वकिास कार्यालयमा क्षतीपूर्ती माग गर्दै नविेदन पेस गर्न थालेका छन् । दाना लाग्ने बेलामा स्याउबारी उजाड बनेको छायानाथरारा नगरपालकिा प्रमुख हरीजंग शाहीले बताए । स्याउ बेचेरै वर्षभरीको खर्च धान्ने किसानलाई समस्या भएको छ उनले भने नगरपालिकामा किसानका नीवेदनको चाङ लाग्न थालेको छ । जल्लिा कृषि विकास कार्यालयका अनुसार मुगुमा वार्षिक २८ देखि ३५ मेकिट्रक टन स्याउ उत्पादन हुने गरेको छ ।
बेसारको नयाँ जात
राष्ट्रिय अनुसन्धान केन्द्र कपुरकोट सल्यानले बेसारको नयाँ जात पत्ता लगाएको छ । अदुवाबाली अनुसन्धान कार्यक्रमले दुई वर्ष लामो अनुसन्धानबाट दुई जात ‘कपुरकोट हलेदो १’ र ‘कपुरकोट हलेदो २’ पत्ता लगाएको हो । पत्ता लगाइएको बेसारका दुई जात राजपत्रमा समेत प्रकाशित भइसकेको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटका प्रमुख डा.समिद अहमदले जानकारी दिए ।
पत्ता लगाइएको दुई जात नेपालको मध्यपहाडी क्षेत्रमा खेतीका लागि सिफारिस गरिएको उनको भनाई छ । तराई र मध्य पहाडी भेगमा उत्पादन गर्न सकिने बेसार समुद्री सतहदेखि एक हजार ६ सय मिटर उचाइको भूभागसम्म उत्पादन गर्न सकिने डा. समिदले बताए । उनले भने, ‘हामीले नयाँ जातको करिब दुई हजार तीन सय किलो बीउ उत्पादन गरेर नेपालका विभिन्न जिल्लामा पु¥याएका छौं ।’
सिफारिस गरिएको कपुरकोट हलेदो १ को उत्पादन क्षमता २७ दशमलव ८३ मेक्ट्रिकटन प्रतिहेक्टर रहेको छ भने बेसार बन्ने क्षमता १३ दशमलव ८ प्रतिशत रहेको उनको भनाई छ । धादिङ, अर्घाखाँची, दाङ र नुवाकोटमा रहेको कृषि ज्ञान केन्द्रलाई पनि बेसारको नयाँ जात उपलब्ध गराइएको अदुवाबाली अनुसन्धान कार्यक्रममा सूचना अधिकारी खेमराज शर्माले बताए ।
चालु आर्थिक वर्षमा अन्य जिल्लामा पनि विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । सल्यानमा तीनवटा क्षेत्रलाई बेसार पकेट क्षेत्रका रुपमा विस्तार गरिएको छ । जिल्लाको शारदा नगरपालिकाको माल्नेटा, कालिकाटी गाउँपालिका र बागचौर नगरपालिकालाई बेसार पकेट क्षेत्रका रुपमा घोषणा गरी उत्पादन थालिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।






