प्रदेशसभा सदस्य कंडेलद्वारा सुविधा फिर्ता

सुर्खेत, ७ असोज ।

कर्णाली प्रदेशसभा सदस्य एवम नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कंडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा सुविधा फिर्ता गरेका छन् । नेता कंडेलले भाद्र ३० गते प्रदेशसभा सचिवालयलाई एक पत्र लेख्दै प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा सुविधाको फिर्ता गदै प्रदेशसभा सदस्यको हैसियत पाउने सुविधा मात्र उपलब्ध गराउन माग गरेका हुन ।

‘प्रदेश सरकारको मिति २०७५ असार १६ गतेको निर्णय अनुसार सेवा सुविधा लिइरहेकोमा आर्थिक वर्ष २०७७ साउन देखी प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार मात्र सेवा सुविधा उपलब्ध गराउन अनुरोध गर्दछु ।’ प्रदेशसभा सदस्य कंडेलले सचिवालयमा दर्ता गराएको निवेदनमा उल्लेख छ ।

कर्णाली प्रदेश सरकारको असार १६ गते मन्त्रीपरिषदको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रीले प्रस्ताव गरेको पूर्वमन्त्री एवम् प्रदेशसभा संसदीय दलका पूर्व नेता माननीय यामलाल कंडेललाई विपक्षी दलको नेता सरहको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । तत्कालीन नेकपा (एमाले) संसदीय दलका नेतासमेत रहेका कंडेलले सरकारको निर्णय अनुसार आफूले आंशिक मात्रै सुविधा लिएको बताएका छन ।

प्रदेशसभा सदस्य कंडेलद्वारा सुविधा फिर्ता

कोरोनाबाट वडाध्यक्षको मृत्यु

प्रदेशसभा सदस्य कंडेलद्वारा सुविधा फिर्ता

क्यानले गरेको वर्गीकरण प्रति महिला क्रिकेट खेलाडीको

Leave a comment

Your email address will not be published. Required fields are marked *