वामदेव गौतमविरुद्ध परेको रिटमा सुनुवाइ आज

काठमाडौं, ७ असोज ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदै छ। राष्ट्रपतिको कार्यालयसमेतलाई विपक्षी बनाएर दायर रिटको सुनुवाइ न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासमा हुने कार्यसूची छ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्नु असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले ६ असोजमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । नेकपाले रिक्त राष्ट्रिय सभाको सदस्यमा गौतमलाई पठाउने निर्णय गरेपछि मन्त्रिपरिषद्ले गौतमलाई मनोनयका लागि सिफारिस गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनीत गरेपछि गौतमले १ असोजमा शपथ लिएका थिए । गौतम प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए ।

वामदेव गौतमविरुद्ध परेको रिटमा सुनुवाइ आज

हुम्लाको लाप्चा आफ्नो भएको चीनको दाबी

Leave a comment

Your email address will not be published. Required fields are marked *