कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० दिनदेखि तालाबन्दी

सुर्खेत, ७ मंसिर ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासन तथा शैक्षिक कार्यक्रम ४० दिनदेखि ठप्प छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डीनमा नियुक्त गरेको विरोधमा प्रतिष्ठानमा २८ असोजदेखि तालाबन्दी गरिएको हो ।

उपकुलपति वाग्लेले प्रतिष्ठानको डीनमा सरस्वती गौतमलाई नियुक्ति गरिसकेपछि दोस्रो डीनका रूपमा केशर रानालाई नियुक्त गरेको र फेरि पनि तेस्रो डीनका रूपमा क्षेत्रीलाई नियुक्ति गरेका थिए ।

डीन नियुक्तिमा एकाधिकार लादेर अधिकारको दुरुपयोग गरी संस्थालाई आर्थिक व्ययभार थपेको भन्दै प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले विरोधमा तालाबन्दी गरेको जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० दिनदेखि तालाबन्दी

सामाजिक प्रतिष्ठाका लागि निजामति रोजेँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० दिनदेखि तालाबन्दी

नाजुक सामुदायिक विद्यालय, अनलाइन कक्षाको पहुँचमा छैनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *